Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द


५ ,असोज ,नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् ।

उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेशका तीन जना महिला खेलाडीले एशियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले खेलाडी परिचयपत्र ९एक्रिडिएशन०नदिएपछि खेलमन्त्रीले भ्रमण रद्द गरेका हुन् ।

चीनले एक्रिडिएनलाई नै भिसाको मान्यता दिएकाले त्यसको अभावमा उनीहरू प्रतियोगितामा भागलिनबाट वञ्चित भएका हुन् । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतका रुपमा आफ्नो भूमि दाबी गर्दै आएको छ ।

उक्त प्रदेशको केही भूभागलाई लिएर नयाँदिल्ली र बेइजिङबीच विवाद जारी छ । यसैबीच, भारतीय विदेश मन्त्रालयले खेलाडीमाथि चीनले गरेको भेदभावपूर्ण व्यवहारको निन्दा गरेको छ ।

विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले चीनको यो कदमबाट एशियाली खेलकुदको भावनामा गम्भीर आघात पुगेको बताएका छन् । “खेलकुदका नियमको उल्लङ्घन गरिएकाले हामीले नयाँदिल्लीस्थित चिनियाँ दूतावास र बेइजिङस्थित भारतीय दूतावासमार्फ कडा विरोध गरेका छ,” भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

आजदेखि यही असोज २१ गतेसम्म हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मङ्गोलिया, म्यान्मा, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी प्रतियोगितामा उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेष्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी छन् ।

अठचालिस देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रुस, बेलारुस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन् ।

अन्तरराष्ट्रिय ओलम्पिकक कमिटी (आइओसी)ले युक्रेनमा रुसले आक्रमण गरेकाले मस्कोविरुद्ध प्रतिबन्ध लगाएको छभने रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आइओसीले प्रतिबन्ध लगाएको हो । धेरै अरब मुलुक उक्त प्रतियोगितमा सहभागी भएकाले विगतदेखि नै इजरायल एसियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ ।


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?