Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

रूसविरूद्धको युद्धमा युक्रेनलाई सघाउँदै अमेरिका, लामो दूरीको मिसाइल दिने योजना


६ असोज, एजेन्सी । अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाएका हुन् ।

युक्रेनी राष्ट्रपतिसँग वासिङ्नमा भेटवार्ता गरेपछि किएभलाई रुसका भित्रीभागसम्म प्रहार गर्ने क्षमताका हतियार दिने निष्कर्षमा उहाँ पुग्नुभएको हतियार सहायतासम्बन्धी विषयसँग परिचित एक जना अधिकारीले बताएका हुन् । युक्रेनले अब तीन सय किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका एटिएसीएमएस क्षेप्यास्त्र प्राप्त गर्ने उनले बताए ।

यसैबीच, युक्रेनले शुक्रबार प्रहार गरेको क्षेप्यास्त्रले रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयमा क्षति गरेको छ । एक युक्रेनी सैन्य स्रोतका अनुसार सेभास्टोपोल बन्दरगाहमा बेलायत र फ्रान्सले प्रदान गरेका स्टोर्म स्याडो क्षेप्यास्त्र आक्रमण गरिएको हो । यी क्षेप्यास्त्र बढीमा एक सय दुई किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका हुन् ।


प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?