Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

विश्व


जारी तनावका बीचमा सिरियाद्वारा स्वेइडामा सहायता सामग्री वितरण

एजेन्सी। सिरियाली अन्तरिम अधिकारीहरूले अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय सामुदायिक साझेदारहरूसँगको समन्वयमा मंगलवार दमास्कसबाट दक्षिणी स्वेइडा प्रान्तमा चौथो मानवीय सहायता सामग्री पठाएको छ । २२ ट्रकहरू मिलेर बनेको उक्त काफिलामा २७, हजार लिटर इन्धन, २ हजार ट्रक खाद्यान्न सामग्री, २ हजार स्वच्छता किट, १० हजार बोतल पिउने पानी, ४० टन पीठो

घानाका राष्ट्रपतिद्वारा अफ्रिकाभर समावेशी शासन र नागरिक स्वतन्त्रताको संरक्षणका लागि आग्रह

एजेन्सी। घानाका राष्ट्रपति जोन ड्रामानी महामाले अफ्रिकी नेताहरूलाई समावेशी शासन र आफ्ना नागरिकहरूको नागरिक स्वतन्त्रताको संरक्षणको लागि बलियो जग निर्माण गर्न आह्वान गरेका छन् । घानाको राजधानी आक्रामा आयोजित १३ औं अफ्रिकी संघको लोकतन्त्र, शासन र मानव अधिकार सम्बन्धी उच्च–स्तरीय संवादको उद्घाटनमा महामाले उक्त टिप्पणी गरेका हुन् । महामाले अफ्रिकी

उत्तरी चीनमा पहिरो जाँदा ४ जनाको मृत्यु , ८ जना बेपत्ता

एजेन्सी। उत्तरी चीनको हेबेई प्रान्तको एक गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । साथै अन्य आठ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् । भारी वर्षाका कारण चेङ्दे शहरको लुआनपिङ काउन्टीको गाउँमा पहिरो गएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ ।

टर्की र कजाकिस्तानका राष्ट्रपतिबीच ऊर्जा लगानीमा सहयोगबारे छलफल

एजेन्सी। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र भ्रमणमा रहेका कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले अंकारामा द्विपक्षीय सहयोगको बारेमा भेटवार्ता गरेका छन् । बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा एर्दोगानले टर्कीयेमार्फत विश्व बजारमा ढुवानी हुने कजाखस्तान तेलको मात्रा बढाउने तरिकाहरूबारे छलफल भएको बताए । टर्की र काजाकिस्तानले रक्षा, ऊर्जा, व्यापार र आतंकवाद विरोधी

व्यापार सम्झौतामा पुगे अमेरिका र युरोपेली संघ

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले आफूहरु एक व्यापार सम्झौतामा पुगेको बताएका छन् । जस अन्तर्गत संयुक्त राज्य अमेरिकाले युरोपेली संघका सामानहरूमा १५ प्रतिशतको आधारभुत कर लगाउनेछ । स्कटल्याण्डको साउथ आयरशायरमा ट्रम्प टर्नबेरीमा व्यापार वार्तापछि आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरिएको थियो ।

बैंककमा अन्दाध्वन्द गोली चल्दा ६ जनाको मृत्यु

एजेन्सी। थाईल्याण्डको राजधानी बैंककमा  सोमवार भएको गोलीबारी घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको स्थानीय मिडिया थाइराथले रिपोर्ट गरेको छ । बन्दुकधारीले आत्महत्या गर्नुअघि बजारमा गोली चलाएको रिपोर्टमा उल्लेख छ ।

थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न सहमत

एजेन्सी। थाइल्याण्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएका छन् । दुई देशका नेताहरू सोमवार मध्यरातदेखि युद्धविराम लागू गर्न सहमत भएका हुन् । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले पुत्रजयामा आयोजना गरेको बैठकपछि दुई देशका नेताहरु युद्ध विरामका लागि सहमत भएका हुन् । कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो ।

टर्कीमा डढेलोको जोखिम बढ्दै

एजेन्सी। टर्किए अहिले डढेलोसँग लडिरहेको छ । उत्तरपश्चिममा आगो तिब्र गतिले फैलिएपछि गाउँ खाली गराउन शुरु गरिएको छ । तेज हावा र उच्च तापक्रमको बीचमा नयाँ अग्नि नियन्त्रक अभियान शुरु गरेको छ । राष्ट्रपति सञ्चार निर्देशनालयले साँझ भन्यो कि जुलाई २६ मा देशभर एकैसाथ ८४ वटा डढेलो लागेको थियो ।

इराकमा अत्याधिक गर्मीः १३ प्रान्तमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम

एजेन्सी। इराकी मौसम विज्ञान संगठन र भूकम्प विज्ञानले सोमवार १३ प्रान्तमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको जनाएको छ । बगदाद, वासित, मैसान, धी कार र बसरा प्रान्तमा ५१ डिग्री सेल्सियसको उच्चतम तापक्रम रेकर्ड गरिएको छ भने किर्कुक, सलाहुद्दीन, दियाला, करबला, बाबिल, नजफ, दिवानियाह र मुथन्ना प्रान्तमा ५० डिग्री सेल्सियस

म्यानमारमा बाढीका कारण ४ जनाको मृत्यु, ४ बेपत्ता

एजेन्सी। पूर्वी म्यानमारको शान राज्यमा आएको बाढीमा परी चार जनाको मृत्यु भएको छ । अन्य चार जना अझै बेपत्ता रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । आईतवार राति भएको भारी वर्षाका कारण बाढी आएको हो । पानी पिन्डाया टाउनशिपको कोनेसाङ गाउँमा पाँच घर बगाएको र आठ जना बेपत्ता भएका छन्

सम्वन्धित समाचारहरु