Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

खडेरीसँग लड्दै अफगानिस्तानका किसान


एजेन्सी। शान्तिको झिनो आशबाट अघि बढीरहेका अफगानिस्तानका किसान खडेरीसँग जुधिरहेका छन् ।

काबुलबाट ३५ किलोमिटर पश्चिममा रहेको वारदक प्रान्तका किसान अहिले खडेरीसँग लडिरहेका हुन् । निर्दयी शत्रु खडेरीले उनीहरुको शान्तिलाई भंग गरिरहेको छ । यसले बगैंचा सुकाउँछ, बालीनालीलाई निसास्साउँछ र आत्मनिर्भरताको वाचालाई क्षय गरिरहेको छ । वर्षौंको द्वन्द्व सहेका किसानका लागि कठिनाइलाई समृद्धिमा रूपान्तरण गर्ने आशा टाढा भएको छ । एक अनुभवी किसान जियाउद्दीन आफ्नो बगैंचाको कंकाल हाँगाहरूको बीचमा उभिएका छन् । विगतका ऋतुहरूको रातो फल अब केवल सम्झनामा सिमित रहेको उनको भनाइ छ । खडेरीले ठूलो क्षति पु¥याएको उनको गुनासो छ । अर्को कामदार जियारमलले पनि उही कुरा स्मरण गर्दछन् । विश्वविद्यालयको डिग्री भएपनि उनी व्यापक बेरोजगारीको बीचमा ६ जनाको परिवारलाई सहयोग गर्न बगैंचामा दैनिक काम गर्छन्।

वर्षाको अभाव बाहेक संरचनात्मक समस्याहरूले किसानको पीडालाई अझ बढाउँदै लगेको छ । शीतभण्डार सुविधाहरूको अभावले उनीहरूलाई समयभन्दा पहिले उत्पादन बेच्न बाध्य पार्छ । जसले गर्दा मूल्यहरू घट्छन् । कमजोर मार्केटिङ च्यानलहरू, कीराहरूको प्रकोप र कृषि तालिम कार्यक्रमहरूको अभावले उनीहरूको जोखिमलाई अझ गहिरो बनाएको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?