Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बिदामा रहेका कामदारहरूले पारिश्रमीक नपाउन सक्छन् : ट्रम्प


सर्वोच्च अदालतको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १५ प्रतिशत

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बिदामा रहेका संघीय कर्मचारीहरूले सरकार खुल्ने बित्तिकै पारिश्रमीक नपाउन सक्ने बताएका छन् ।

बन्दको समयमा संघीय कर्मचारीहरूलाई हटाउने पहिलेको धम्की पछि ट्रम्पको यो भनाइ आएको हो । डेमोक्र्याटहरूले धेरै मानिसहरूलाई ठूलो जोखिममा पारेको बताएका छन् । अमेरिकी राष्ट्रपतिले कुन बिदामा रहेका संघीय कर्मचारीहरूले फिर्ता तलव नपाउन सक्छन् भन्ने बारेमा थप विवरण प्रदान भने गर्नुभएन ।

ट्रम्पले बन्दको गतिरोधको लागि डेमोक्र्याटहरूलाई दोष दिइरहँदा डेमोक्र्याट नेताहरूले रिपब्लिकनहरूलाई दोष दिइरहेका छन् । ३५ दिनसम्म चलेको र जनवरी २०१९ मा समाप्त भएको अघिल्लो सरकारी बन्दपछि ट्रम्पले भविष्यमा बन्दबाट प्रभावित संघीय कर्मचारीहरूको लागि तलब फिर्ताको ग्यारेन्टी गर्ने कानूनमा हस्ताक्षर गरेका छन् । कानून पारित हुनुअघि, अमेरिकी काँग्रेसले सरकार पुनः खोल्न कोष विधेयक स्वीकृत भएपछि संघीय कामदारहरूको लागि तलब फिर्ताको ग्यारेन्टी नियमित रूपमा स्वीकृत गरेको छ ।

गत हप्ता कंग्रेसनल बजेट कार्यालयले गरेको विश्लेषणअनुसार यस बन्दको समयमा लगभग ७ लाख ५० हजार संघीय कामदारहरूलाई बिदामा राख्ने अनुमान गरिएको छ । आवश्यक मानिएका संघीय कामदारहरू – जस्तै हवाई ट्राफिक नियन्त्रकहरू र कानून प्रवर्तन अधिकारीहरू – सरकार पुनः नखुलेसम्म तलव बिना काम गरिरहनेछन् ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?