Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दक्षिण टर्कीमा मिनीबस पल्टिँदा ५ जनाको मृत्यु, १४ जना घाइते


एजेन्सी। मंगलवार टर्कीको दक्षिणी प्रान्त मर्सिनको एर्डेम्ली जिल्लामा कृषि कामदार बोकेको मिनीबस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ ।

मिनीबस जिल्ला केन्द्रतर्फ जाँदै गर्दा चालकले स्टेयरिङको नियन्त्रण गुमाएको बताइएको छ । जसका कारण गाडी सडक किनारको खाल्डोमा लगभग १० मिटर खसेको थियो । प्रत्यक्षदर्शीहरूको फोनपछि अग्नि नियन्त्रक, चिकित्सा टोली र जेन्डरमेरी एकाइहरू सहित आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको थियो । घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । दुर्घटनाको कारणको बारेमा अनुसन्धान भइरहेको रिपोर्टमा भनिएको छ ।

सुरक्षा महानिर्देशनालयका अनुसार २०२४ मा टर्कीभर ट्राफिक दुर्घटनाले २ हजार ७ सय १३ जनाको ज्यान लिएको छ । इस्तानबुल, अंकारा र इज्मिरमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । इस्तानबुलमा मात्र ९७ हजार ३ सय ५४ घटनाहरू रेकर्ड गरिएका छन् । गत वर्ष टर्कीमा घातक दुर्घटनाहरूको प्रमुख कारण तिब्र गति थियो ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?