Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

दक्षिण टर्कीमा मिनीबस पल्टिँदा ५ जनाको मृत्यु, १४ जना घाइते


एजेन्सी। मंगलवार टर्कीको दक्षिणी प्रान्त मर्सिनको एर्डेम्ली जिल्लामा कृषि कामदार बोकेको मिनीबस पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै अन्य १४ जना घाइते भएको अर्ध–सरकारी अनाडोलु एजेन्सीले जनाएको छ ।

मिनीबस जिल्ला केन्द्रतर्फ जाँदै गर्दा चालकले स्टेयरिङको नियन्त्रण गुमाएको बताइएको छ । जसका कारण गाडी सडक किनारको खाल्डोमा लगभग १० मिटर खसेको थियो । प्रत्यक्षदर्शीहरूको फोनपछि अग्नि नियन्त्रक, चिकित्सा टोली र जेन्डरमेरी एकाइहरू सहित आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको थियो । घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । दुर्घटनाको कारणको बारेमा अनुसन्धान भइरहेको रिपोर्टमा भनिएको छ ।

सुरक्षा महानिर्देशनालयका अनुसार २०२४ मा टर्कीभर ट्राफिक दुर्घटनाले २ हजार ७ सय १३ जनाको ज्यान लिएको छ । इस्तानबुल, अंकारा र इज्मिरमा सबैभन्दा धेरै दुर्घटना भएका छन् । इस्तानबुलमा मात्र ९७ हजार ३ सय ५४ घटनाहरू रेकर्ड गरिएका छन् । गत वर्ष टर्कीमा घातक दुर्घटनाहरूको प्रमुख कारण तिब्र गति थियो ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?