Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयन संसदमा अविश्वासको प्रस्तावबाट बचिन्


एजेन्सी। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन बिहीवार युरोपेली संसदमा अविश्वासको दुई प्रश्तावबाट बच्न सफल भएका छन्।

जसमा संयुक्त राज्य अमेरिकासँगको कथित अनुचित व्यापार सम्झौतादेखि इजरायलमाथिको निष्क्रियतासम्मका आरोपहरू लागेका थिए । युरोपेली संसदका कुल ५ सय ९४ सदस्यले मतदानमा भाग लिए । जुन ७ सय २० सदस्यमध्ये ८२.५ प्रतिशत थियो । पहिलो प्रश्तावलाई १ सय ७९ पक्षमा, ३ सय ७८ विपक्षमा र ३७ अनुपस्थितिसहित अस्वीकृत गरियो । दोस्रो प्रश्तावलाई पनि १ सय ३३ पक्षमा, ३ सय ८३ विपक्षमा र ७८ अनुपस्थितिसहित अस्वीकृत गरियो । संसदको नियमअनुसार दुई तिहाइभन्दा बढी सदस्यले मतदान गरेमा मात्र अविश्वासको प्रश्ताव पारित गर्न सकिन्छ । अविश्वासको दुई प्रश्तावहरू क्रमशः संसदको तेस्रो ठूलो राजनीतिक समूह, प्याट्रियट्स फर युरोप समूह र वामपन्थी समूहद्वारा शुरु गरिएको थियो ।

युरोपका लागि देशभक्त समूहले युरोपेली आयोगलाई युरोपको प्रतिष्पर्धात्मकता र आर्थिक वृद्धिलाई कमजोर बनाउने वातावरणीय नीतिहरू पछ्याएको, दक्षिणी साझा बजार वा मर्कोसुरसँग स्वतन्त्र व्यापार सम्झौता गरेको, जसले युरोपेली किसानहरूलाई अनुचित नोक्शानमा पार्छ । संस्थागत सन्तुलनलाई बेवास्ता गर्ने र वार्तामा पारदर्शिताको अभाव भएको अमेरिकासँग नयाँ व्यापार सम्झौता गरेको आरोप लगाएको छ । यो २०१४ पछि आयोग विरुद्ध पेश गरिएको पहिलो अविश्वासको प्रश्ताव थियो ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?