Trending
>>   खाद्य विभागद्वारा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण >>   गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज >>   सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक >>   अब गाईमुत्र सेवन गर्ने कि भैंसीमुत्र ? >>   रुपन्देहीमा रविको थुनछेक आदेश दिने इजलासमा चिठ्ठाबाट चुनिएका न्यायाधीश योगी को हुन् ? >>   मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) >>   रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा रविको बयान जारी >>   उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाएः सांसद सापकोटा >>   चोरीमा संलग्न चार जना पक्राउ >>   घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

विश्व


एक किलो गाँजा बोक्दा मृत्युदण्ड

१३ वैशाख, एजेन्सी । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन्

राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने

१३ वैशाख, एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो । शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य सङ्कट तथा समावेशी आर्थिक वृद्धि

राष्ट्रपति बाइडेनद्वारा पुनः चुनाव लड्ने घोषणा

१३ वैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् । ८० वर्षको उमेरमा पनि उनि राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुनेछन् । राष्ट्रप्रमुखका रूपमा आफूले शपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर

भगवान् भेट्न भोकभोकै बसेका थप दश जनाको शव भेटियो

१३ वैशाख, एजेन्सी । केन्याका अधिकारीहरूले भगवान् भेट्न भोकभोकै बसेका थप १० जनाको शव फेला परेको बताएका छन् । यो सँगै ईश्वरसँग साक्षात्कार हुने विश्वासमा निराहार बसेर ज्यान गुमाएको सङ्ख्या ८३ पुगेको छ । चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा

युद्धविरामका बीच गोलाबारी जारी

१३ वैशाख, एजेन्सी । सुडानमा गएरातिदेखि जारी युद्धविरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् । यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै युद्धविराम पूर्णरूपमा पालना नभएको दाबी गरेका छन् । दश दिनअघि प्रारम्भ भएको युद्धमा संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल

पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न

१२ वैशाख ,काठमाडौँ । नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ । आज काठमाडौँमा भएको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गरेका थिए । बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार

सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्दै बेलायत

१२ वैशाख, एजेन्सी । बेलायतले सुडानबाट आफ्ना नागरिकलाई उद्धार गर्न ‘बृहत् स्तर’ को उद्धार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । दश दिनसम्म भएको युद्धमा चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका राष्ट्रसङ्घीय निकायहरूले जनाएका छन् । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल

पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: १२ जनाको मृत्यु

१२ वैशाख, एजेन्सी । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन् । उक्त विष्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र

सुडान सङ्कटः युद्धरत पक्ष युद्धविरामका लागि सहमत

१२ वैशाख, एजेन्सी। सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सोबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी

अन्तरराष्ट्रिय डाटा सहकार्यका लागि राष्ट्रपति सी को आग्रह

 १२ वैशाख, एजेन्सी । चीनले विश्व विकास पहलको रूपरेखाभित्र अन्य देशहरूसँग अन्तरराष्ट्रिय तथ्याङ्क सहयोगलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको राष्ट्रपति सी चिनफिङले बताएका छन् । पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा अप्रिल २४ देखि २७ गतेसम्म आयोजना हुने चौथो संयुक्त राष्ट्रसंघको विश्व डाटा फोरमलाई बधाइ सन्देश दिदै उनले उक्त टिप्पणी

सम्वन्धित समाचारहरु