Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

पञ्जाबमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु


२८ असार, एजेन्सी । पाकिस्तानको पञ्जाव राज्यमा एउटा तीन तले घरमा बुधबार आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहानै पञ्जाबको राजधानी शहर लाहोरमा आगलागी हुँदा परिवारका सबै सदस्य घरभित्र फसेका स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जानकारी गराएका छन् ।

प्रहरीका अनुसार पीडित सबैजना घरको पछाडिको कोठामा थुनिएका र आगलागीबाट घर पूर्णतया ध्वस्त हुँदासमेत उम्किने मौका नपाएका हुन् ।

मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका प्रहरी रिपोर्टहरूमा उल्लेख छ ।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेको छ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?