Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

पञ्जाबमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु


२८ असार, एजेन्सी । पाकिस्तानको पञ्जाव राज्यमा एउटा तीन तले घरमा बुधबार आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहानै पञ्जाबको राजधानी शहर लाहोरमा आगलागी हुँदा परिवारका सबै सदस्य घरभित्र फसेका स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जानकारी गराएका छन् ।

प्रहरीका अनुसार पीडित सबैजना घरको पछाडिको कोठामा थुनिएका र आगलागीबाट घर पूर्णतया ध्वस्त हुँदासमेत उम्किने मौका नपाएका हुन् ।

मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका प्रहरी रिपोर्टहरूमा उल्लेख छ ।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेको छ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?