Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण


२७ असार, एजेन्सी । उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो ।

दुई कोरियाबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा तल्लो बिन्दुमा छ । दुई पक्षीय कूटनीति अवरुद्ध भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले सामरिक एवम् आणविकलगायत हतियार विकासका लागि आह्वान गरेका छन् ।

नेता किमको आह्वानको जवाफमा सोल र वाशिङ्गटनले सुरक्षा सहयोगलाई बढाएका छन् । यदि प्योङयाङले अमेरिका र उसका सहयोगीहरूविरुद्ध आणविक हतियार प्रयोग गरेमा उत्तर कोरियालाई आणविक हतियारले नै जवाफ दिएर वर्तमान सरकारको अन्त्य गराउने प्रण अमेरिकाले गरेको छ ।

दक्षिण कोरियाको सेनाले बिहान १० बजे प्योङयाङ क्षेत्रबाट परीक्षण गरिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल पत्ता लगाएको बताएको छ । “ ब्यालेस्टिक क्षेप्यास्त्रलाई उचाइमा प्रक्षेपण गरिएको थियो र पूर्वी सागरमा खस्नु अघि एक हजार किलोमिटर उडेको थियो,” कोरियाका संयुक्त सेना प्रमुखले भनेका छन् ।

परीक्षणलाई गम्भीर उत्तेजना भन्दै संयुक्त सेना प्रमुखले त्यसबाट कोरियाली प्रायद्वीपको शान्ति र सुरक्षामा हानी हुने भएकाले त्यसलाई अविलम्ब रोक्न प्योङयाङलाई आह्वान गरेको छ । संयुक्त राष्ट्र सङ्घले निषेध गरेका गतिविधि उत्तरले गरेकामा त्यसको उनले निन्दा गरेका छन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?