Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

चिनियाँ कम्युनिष्ट पार्टीमाथि मानवअधिकार उल्लङ्घनको आरोप


२७ असार, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) माथि  मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।

विशेष गरी सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सिसिपीमाथि लागेको छ ।

हालै बजारमा आएको पुस्तक ‘चाइनाज् सर्च फर सेक्युरिटी’मा सिपिसीको नीतिप्रति चिन्ता व्यक्त गर्दै लेखकद्वय एन्ड्रयू नाथन र एन्ड्रयू स्कोबेलले आन्तरिक स्थायित्व सुनिश्चित गर्ने र सार्वभौमसत्ताको रक्षा गर्ने चिनियाँ नीति सराहना गरेका छन् । यद्यपि उनीहरूले मानवअधिकार उल्लङ्घनलाई सम्बोधन गर्न प्रभावकारी नीति तर्जुमा नगरिएकामा चिन्ता व्यक्त गरेका छन् ।

सिपिसीको विदेश नीति र प्राथमिकता प्रस्तुत गर्दै पुस्तकमा धार्मिक स्वतन्त्रता, मानवअधिकारको रक्षा, अभिव्यक्तिलगायत आधारभूत मौलिक अधिकार हनन हुन नदिन अन्तरराष्ट्रिय समुदायले पनि पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

उइघुर मुसमानलाई चरमपन्थी समूहको रूपमा वर्गीकरण गरिनु, उनीहरूमाथिका विभेदपूर्ण व्यवहार, महिला उत्पीडन, राजनीतिक हस्तक्षेप, सन् २०१९ मा हङकङको स्वायत्तताका निम्ति लाखौँ जनता सडकमा आउनुपरेको अवस्था, त्यसपछि थालिएको सुरक्षा कारबाही र राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयनलगायत विषय पुस्तकमा समेटिएका छन् ।


प्रकाशित मिति: २७ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?