Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

फ्रान्स र युएईको भ्रमणमा निस्कदै भारतीय प्रधानमन्त्री मोदी


२८ असार, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्नुहुने विदेश मन्त्रालयले जनाएको छ । बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा उनि सहभागी हुनेछन् । फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन् ।

भारतीय विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति म्याक्रोँले विश्वको सबैभन्दा ठूलो लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्नेछन् । यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारलाई भेट्नु अघि दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् भने परम्परागत बास्टिल डे सैन्य परेडमा पनि उनि सामेल हुनेछन् । भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुनेछ ।

प्रधानमन्त्री मोदीले फ्रान्सका प्रधानमन्त्री, सिनेटका राष्ट्रपति र फ्रान्सको राष्ट्रिय सभाका सदस्यहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले फ्रान्समा रहेका भारतीय डायस्पोरा, भारतीय र फ्रान्सेली कम्पनीका सीईओ र फ्रान्सका प्रमुख व्यक्तित्वहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?