१६ जेठ, एजेन्सी । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासको टारान्ट काउन्टीमा रहेको स्ट्रिप क्लबमा आइतबार भएको गोलीकाण्डमा तीन जना घाइते एका छन् । घटनामा गोली चलाउँने बन्दुकधारीको भने मृत्यु भएको छ । ट्यारान्ट काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार आइतबार बिहान क्लबमा झगडा भएपछि ती व्यक्तिले पार्किङस्थलमा रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका
१६ जेठ, चीन । चीनको औद्योगिक महानगर साङ्घाईमा आज एक सय वर्षपछि अधिक गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेखीकरण गरिएको बताएको छ । वैज्ञानिकहरूले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र
१६ जेठ, एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदाले प्रधानमन्त्रीको सरकारी निवासमा आफ्नो छोराले ‘अनुपयुक्त व्यवहार’ गरेकाले आफ्नो निजी सचिवबाट हटाउने बताएका छन् । प्रधानमन्त्रीका छोरा शोतारो किशिदाले गत वर्ष प्रधानमन्त्रीको सरकारी निवासमा आफन्तहरूलाई निम्त्याएर भोज गरेको समाचार तस्बिरसहित गत साता एक पत्रिकाले प्रकाशन गरेपछि प्रधानमन्त्रीले छोरालाई पदबाट हटाउने घोषणा गरेका
१६ जेठ, एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए । आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् ।
१६ जेठ, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो । चेन्नईको यो पाँचौं आइपिएल उपाधि हो । जितको लागि एक सय ७१ रनको
१५ जेठ, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन् । बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् । बाइडेनले ट्वीटमा लेखेका छन् , "टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई
१५ जेठ, एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका हुन् । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरेका हुन् । टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै उनले
१५ जेठ, एजेन्सी । उत्तरपूर्वी इरानमा शनिबार राति आएको बाढीमा परी कम्तीमा चार जनाले ज्यान गुमाएका सरकारी समाचार समिति इरनाले आइतबार जनाएको छ । उत्तरी खोरासान प्रान्तको फारुज, शिरवान र फारुज काउन्टीमा मुसलधारे वर्षाका कारण बाढी आएको, फारुज काउन्टीको एउटा खोलाको पानी सतहभन्दा चार मिटर बढ्दा त्यसले व्यापक क्षति भएको प्रान्तीय
१५ जेठ, एजेन्सी । किर्गिस्तानको तोकमोक शहर नजिक भएको सडक दुर्घटनामा दुई जना बालबालिकासहित आठ जनाको मृत्यु भएको छ । बिश्केक–नारिन–टोरुगार्ट राजमार्गमा भएको दुर्घटनामा आठ जनाले ज्यान गुमाएका तथा घाइते भएका अन्य दुई जनालाई स्थानीय टोकमोक अस्पतालमा भर्ना गरिएको ट्राफिक सुरक्षा कार्यालयको प्रेस सेवाले जनाएको छ । उनीहरुको अवस्था स्थिर रहेको
१५ जेठ, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । “यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ ।