Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

साङ्घाईमा १०० वर्ष यताकै गर्मी दिन


१६ जेठ, चीन । चीनको औद्योगिक महानगर साङ्घाईमा आज एक सय वर्षपछि अधिक गर्मी भएको छ । मौसम विज्ञान विभागले एक सय वर्षमा सोमबार सबैभन्दा तातो दिन अभिलेखीकरण गरिएको बताएको छ ।

वैज्ञानिकहरूले विश्व तापक्रम वृद्धिका कारण मौसम प्रतिकूल बन्दै गएको, धेरै देशमा ज्यान नै जाने खालको ताप लहर आएको र  बढ्दो तापक्रमले दक्षिणपूर्व र दक्षिण एसियाली देशमा पछिल्ला सातामा विगतका ‘रेकर्ड’ तोडेको छ ।

आज साङ्घाइको अधिकतम तापक्रम ३६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको उल्लेख गर्दै विभागले  यसअघि सन्  १८७६, १९०३, १९१५ र २०१८ मा ३५.७ डिग्री सेल्सियस रेकर्ड गरिएको जनाएको छ ।

भारतका केही भागमा ४४ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्दा कम्तीमा ११ जनाले ज्यान गुमाएका तथा बङ्गलादेशको ढाकामा झन्डै ६० वर्षयताकै सबैभन्दा तातो दिन महसुस भएको छ । थाइल्याण्डको टाक सहरमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम ४५.४ डिग्री सेल्सियस मापन गरिएको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?