Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

चेन्नई सुपर किंग्सले जित्यो आइपिएल


१६ जेठ, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।

चेन्नईको यो पाँचौं आइपिएल उपाधि हो । जितको लागि एक सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा दुई सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा वर्षा सुरु भएपछि खेलल लामो समय खेल रोकिएको थियो ।

चेन्नईका डेभोन कन्वेले ४७ रन बनाउनुभयो । शिबम दुबेले अविजित ३२, अजिंक्या रहानेले २७, ओपनर ऋतुराज गायकवाडले २६, अम्बाती रायुडूले १९ र रविन्द्र जडेजाले अविजित १५ रन बनाए । बलिङमा गुजरातका मोहित शर्माले तीन विकेट लिए । नुर अहमदले दुई विकेट झारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १४ रन बनाएको थियो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ९६ रनको सानदार इनिङ्स खेले । ऋद्धिमान शाहले ५४, शुभमन गिलले ३९ र कप्तान हार्दिक पाण्डेयले अििजत २१ रन बनाए ।

बलिङमा चेन्नईका मथिसा पाथिरानाले दुई तथा दीपक चाहर र रविन्द्र जडेजाले एक एक विकेट लिए । लिग चरणमा गुजरातले शीर्ष र चेन्नईले दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए ।

पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरात दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा पुगेको थियो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?