Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

चेन्नई सुपर किंग्सले जित्यो आइपिएल


१६ जेठ, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।

चेन्नईको यो पाँचौं आइपिएल उपाधि हो । जितको लागि एक सय ७१ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा दुई सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा पहिलो ओभरमा वर्षा सुरु भएपछि खेलल लामो समय खेल रोकिएको थियो ।

चेन्नईका डेभोन कन्वेले ४७ रन बनाउनुभयो । शिबम दुबेले अविजित ३२, अजिंक्या रहानेले २७, ओपनर ऋतुराज गायकवाडले २६, अम्बाती रायुडूले १९ र रविन्द्र जडेजाले अविजित १५ रन बनाए । बलिङमा गुजरातका मोहित शर्माले तीन विकेट लिए । नुर अहमदले दुई विकेट झारे ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १४ रन बनाएको थियो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ९६ रनको सानदार इनिङ्स खेले । ऋद्धिमान शाहले ५४, शुभमन गिलले ३९ र कप्तान हार्दिक पाण्डेयले अििजत २१ रन बनाए ।

बलिङमा चेन्नईका मथिसा पाथिरानाले दुई तथा दीपक चाहर र रविन्द्र जडेजाले एक एक विकेट लिए । लिग चरणमा गुजरातले शीर्ष र चेन्नईले दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए ।

पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरात दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा पुगेको थियो ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?