Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

शहीदहरुको स्मरणमा मधेस भवन परिसरमा वृक्षारोपण


काठमाडौँ। मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ ।

आईतवार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो । माघ ५ गते बलिदानी दिवस मनाइएको थियो । सोही स्मरणमा आज बिहान जनकपुरको मधेस भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताए । उनले शहीदहरुप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताए ।

उनले भने, ‘बलिदानी दिवसको अवसरमा हामी केही दिन यता विभिन्न कार्यक्रम गर्दै आएका छौँ । आज बिहान मधेस भवन परिसरमा शहीदहरुप्रति सम्मान व्यक्त गर्दै, शहीदहरुको चीर शान्तिको कामना गर्दै मधेस भवन परिसरलाई स्वच्छ,हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरेका छौँ । आज २५ बिरुवा रोपेका छौँ । शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउन व्यापकता र प्रभावकारी बनाउनुपर्छ । सकारात्मक सोचका साथ अघि बढ्ने हो भने समाज रुपान्तरण सम्भव छ ।’

उनले शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?