Trending
>>   मौसम :यी चार प्रदेशमा बर्षाको सम्भावना >>   सरकारलाई निर्माण व्यवसायी महासंघको माघ १५ को अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने >>   आयल निगमको धनगढी डिपो कैलालीको गोदावरीमा स्थानान्तरण गरिँदै >>   जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन (डिडिए) माघभित्र गरिसक्ने : गृहमन्त्री लेखक >>   आज मिति २०८१ साल माघ ०३ गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल >>   काठमाडौं महानगरपालिकाले राजश्वबाट उठेको ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाएन >>   समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने >>   भूमि सम्बन्धी अध्यादेश आउँछः प्रधानमन्त्री ओली >>   अब विहे गर्ने उमेरहद १८ वर्ष !
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

मणिपुर हिंसामा प्रहरीसहित पाँच जनाको मृत्यु


१६ जेठ, एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए । आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् । परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिए पनि सोही अवधिमा हिंसा र आगजनीका घटना भएका हुन् ।

गैरआदिवासी मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गरेकोमा आदिवासी विरोध प्रदर्शनको क्रममा यो महिनाको प्रारम्भमा राज्यका विभिन्न भागमा हिंसात्मक दङ्गा भएका थिए । स्थितिको मूल्याङ्कन गर्न सङ्घीय गृहमन्त्री अमित शाहको आजदेखि हुने चारदिने भ्रमणको पूर्वसन्ध्यामा दङ्गा भड्केको हो ।

नयाँदिल्लीस्थित समाचारप्रधान टेलिभिजन च्यानल एनडीटीभीका अनुसार जातीय झडपमा हालसम्म कम्तीमा ८० जनाको ज्यान गएको छ भने झन्डै तीन सय जना घाइते भएका छन् । एक हजार सात सय घर खरानी भएका छन् ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?