Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

राहदानी, सवारी लाइसेन्स लगायतका सेवालाई ई–गभर्नेन्स कमिसनले काम गर्दैछः मुख्यसचिव अर्याल


काठमाडौँ। नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमति पत्रको सहज वितरणका लागि ई–गभर्नेन्स कमिसन गठन गरिएको बताएका छन् ।

आईतवार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिमा बोल्दै उनले मुख्यसचिव संयोजक रहने गरी गठन गरिएको कमिसनले सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी काम गरिरहेको बताएका छन् । उनले नागरिकता विधेयक संसदमा दर्ता भएको जानकारी गराउँदै विधेयक पास भइसकेपछि नागरिकले सहज रुपमा नागरिकता पाउनसक्ने बताए ।

उनले आमाको नामबाट नागरिकता, बाबुको पहिचान नखुलेका नागरिक तथा एनआएनको मागलाई विधेयकले सम्बोधन गर्ने दाबी गर्दै उनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्दै न्याय, समानता र समृद्धि हासिल गर्ने गरि नीति कार्यक्रमहरु बनिरहेको पनि दाबी गरे । उनले सन् २०३५ सम्म्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने सरकारको उर्जा विकास मार्गचित्रको प्रशंसा गरेका छन् ।

उनले भने, ‘हामी सबैले चाहेको उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने र न्याय, समानता र समृद्धि तथा सुखि नेपाली, समृद्ध नेपाल बनाउने जुन विषयका आधारमा हामीले नीति तथा कार्यक्रमहरु अगाडि बढाउँछौं । त्यहीअनुसार सरकारले भर्खरै उर्जा विकास मार्गचित्र, १०८१ स्विकृति गरेको छ । २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने र भारतसँग १० हजार मेगावाट विद्युत् निर्यातका लागि सम्झौता गरिसक्यौं । बंलादेशसँग पनि विद्युत् निर्यात गर्ने कुराहरु गरिसकेका छौं । हामीले आफूसँग भएको श्रोतको भरपुर सदुपयोग गरेर समृद्धि हासिल गर्ने कुरामा सरकारले विभिन्न सेक्टरमा काम गरिरहेको छ । त्यस्तै नागरिकताको विषयमा आमाको नाउबाट नागरिकता लिने विषय र बुबाको ठेगान नभएको नेपालमा जन्मिएको नागरिकलाई नागरिकता दिने विषय, एनआरएनलाई सहजतापूर्व सहजतापूर्वक नेपाल प्रवेश गर्ने उनीहरुको मागलाई सम्बोधन गर्ने विषय समिटएको नागरिकता विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएर हाउसमा दर्ता भइसकेको छ । त्यसले नागरिकको मौलिक अधिकारका रुपमा रहेको नेपाली नागरिका उपभोग पाउन सक्नुहुन्छ । त्यस्तै राहदानी, लाइसेन्स, वैदेशिक रोजगार लगायतका जतिपनि सेवा छन् यी सेवाको सहजताको लागि ई–गभर्नेन्स कमिशन बनाएका छौं । मुख्य सचिवकै संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरु बसेर प्रभावकारी सेवा प्रवाह गर्ने विषयमा हामीले काम गरिरहेका छौं ।’

आर्थिक तथा सामाजिक विकासका लागि सरकारले ऐन तथा कानूनहरुलाई समसामयिक बनाइरहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?