Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

विश्व


भारत सरकारले खाना पकाउने ग्यासको मूल्यमा २०० रूपैयाँ कटौती

१२ ,भाद्र ,नयाँ दिल्ली । भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले केन्द्र सरकारले खाना पकाउने ग्यासमा २०० भारतीय रूपैयाँ कटौती गर्ने घोषणा गरेको छ । केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताए

सुडानका सैन्य प्रमुख इजिप्ट भ्रमणमा

१२ भदाै, एजेन्सी । सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान देशमा जारी भीषण युद्धका बीच इजिप्टको भ्रमणमा निस्किएका छन् । गत अप्रिलमा युद्ध सुरु भएयता उनको यो पहिलो विदेश भ्रमण हो । सुडानको दोस्रो ठूलो शहर न्यालामा जारी पछिल्लो सङ्घर्षमा ३९ जनाले ज्यान गुमाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार सरकारी सेना

यान्त्रिक गडबडीका कारण टोयोटाले रोक्यो काम

१२ भदाै, एजेन्सी । यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरिएको जनाइएको छ । टोयोटा मोटरका प्रवक्ताका अनुसार कारखानामा उपभोक्ताले आज बिहानैदेखि सवारी साधनका पार्टपुर्जा अर्डर गर्न नपाएका

भारतीय भूभाग पनि समेटेर चीनले सार्वजनिक गर्यो नयाँ नक्सा

१२ भदाै, एजेन्सी । चीनले जारी गरेको नयाँ नक्सामा भारतीय भूभाग समेत समेटिएको पाइएको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई क्षेत्र समेटिएको छ । उक्त नक्सामार्फत भारतमा पर्ने भूभागमा चीनले दाबी गरेको हो । त्यस्तै, उक्त नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनकै हिस्साका

‘रुस शान्तिका लागि तयार छ तर अर्को पक्ष…’

१२ भदाै, एजेन्सी । रुसले युक्रेनसँगको द्वन्द्वको शान्तिपूर्ण समाधान चाहेको तर किएभ मस्कोसँग वार्ता गर्न अनिच्छुक रहेको भारतका लागि रुसका राजदूत डेनिस अलीपोभले बताएका छन् । एएनआईसँगको अन्तर्वार्तामा राजदूत अलीपोभले रुस र युक्रेनबीचको तनावपूर्ण अवस्थाका बाबजुद युक्रेनका पश्चिमा समर्थकहरूले उसलाई निरन्तर हतियार र सैन्य उपकरण आपूर्ति गरिरहेका बताए । “स्थिति

सामाजिक सञ्जालमा भ्रष्टाचारको आलोचना गर्दा सुनाइयो मृत्युदण्डको सजाय

१२ भदाै, एजेन्सी । साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा स्थापना गरिएको विशेष फौजदारी अदालतले गत महिना मोहम्मद अलघामदीविरुद्ध उक्त फैसला सुनाएको हो । अलघामदीमाथि साउदी नेतृत्वविरुद्ध षड्यन्त्र गरेको, राज्यका संस्थालाई कमजोर

चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेको आचरण सुधार नगर्ने हजारौँलाई सजाय

१२ भदाै, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधारका आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा हजारौँलाई दण्ड दिइएको छ । अनुशासन कायम नगरेको अभियोगमा गत महिना ११ हजार छ सय ७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले आज जनाएको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोग

फुकुशिमा विषयमा अफवाह फैलाइएको भन्दै चिनियाँ राजदूतसँग जापानको सोधपुछ

११ भदाै, एजेन्सी । जापानले फुकुशिमा आणविक ऊर्जा केन्द्रबाट पानी छोडेपछि स्थानीय व्यवसायीलाई चीनले गरेको आह्वानको विरोधमा सोमबार चिनियाँ राजदूतसँग सोधपुछ गरेको छ । उपविदेशमन्त्री मासाटाका ओकानोले राजदूत वु जियाङहाओलाई चीनले ‘वैज्ञानिक प्रमाणमा आधारित नभएको सूचना उपलब्ध गराएर अनावश्यक रूपमा जनताको चिन्ता उठाउनुको साटो जनतालाई उचित जानकारी दिनुपर्ने’ बताएका छन् ।

चन्द्रयान–३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर : निर्देशक देसाई

११ भदाै, एजेन्सी । चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेसन सेन्टर (एसएसी) का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी पक्राउ

११ भदाै, एजेन्सी। । युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेकारूसी नागरिकलाई पक्राउ गरेको छ । सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले एक विज्ञप्ति जारी गर्दै रोबर्ट रोबर्टोभिच शोनोभलाई मस्कोस्थित अमेरिकी दूतावासका लागि सूचनादाता भएको आरोप लगाएको छ । मस्को र वासिङ्टनबीचको तनावपूर्ण सम्बन्ध, विशेषगरी

सम्वन्धित समाचारहरु