Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै


२१ भदाै, एजेन्सी । चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जानुहुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री लिउ कोरियाको श्रमिक पार्टी र उत्तर कोरिया सरकारको निमन्त्रणामा सिपिसी र सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्योङयाङको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार घोषणा गरेका हुन् ।

उत्तर कोरियाली अधिकारीहरूले पनि चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल यसै साता प्योङयाङको भ्रमणमा जाने बताएका छन् । उत्तर कोरियाले पर्सि शनिबार प्योङयाङमा ७५ औँ स्थापना दिवस विशेष समारोह आयोजना गर्दैछ । त्यस अवसरमा आणविक शक्तिराष्ट्रले विशाल सैन्य कवाजसमेत आयोजना गर्ने सम्भावन रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार बेइजिङबाट प्योङयाङ प्रस्थान गर्नेछ ।

बेइजिङ उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण सहयोगी एवं आर्थिक साझेदार हो । सन् १९५० को दशकदेखि नै दुवै देशबीचको मैत्री सघन भएको हो । उत्तर कोरियाले कोभिड–१९ महामारीका बेला आफ्नो अन्तरराष्ट्रिय सिमाना बन्द गरेपछि बाह्य विश्वसँगको सम्बन्ध र भ्रमण आदानप्रदान शून्यप्रायः भएको थियो ।

दुई महिनाअघि रुसका रक्षामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल राजधानी प्योङयाङमा भएको सैन्य कवाजमा भाग लिन गएको थियोभने तीन वर्षपछि पहिलोपटक उत्तर कोरियाली अन्तरराष्ट्रिय व्यावसायिक उडान गत महिना बेइजिङमा अवतरण भएको थियो । उत्तर कोरियाली खेलाडीको एउटा टोली पनि हालै कजाकिस्तान प्रस्थान गरेको थियो ।

विरलै विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किम जङ उन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार वासिङ्टनमा भएको नियमित ब्रिफिङमा दुवै नेताबीच हतियार आपूर्तिबारे वार्ता हुने सूचना आफूसँग रहेको दाबी गर्र्दै युक्रेन युद्धमा प्योङयाङले हतियार उपलव्ध गराएमा त्यसको मूल्य उसले चुकाउनुपर्ने चेतावनी पनि उनले दिए ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?