Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बुर्किना फासोमा जिहादी आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु


२० भदाै, एजेन्सी । उत्तरी बुर्किना फासोमा सन्दिग्ध जिहादीको आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु भएको सेनाले मङ्गलबार जनाएको छ ।

सेनाका जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणको प्रतिकार गर्ने क्रममा सोमबार सेनाका १७ सैनिक र ३६ स्वयंसेवक दलका लडाकूको मृत्यु भएको छ ।”

आक्रमणमा परेको उक्त एकाईलाई दुई वर्षभन्दा पहिले जिहादीहरूले लखेटेका बासिन्दाहरूको पुनस्र्थापनाका लागि यातेङ्गा प्रान्तको कोम्ब्री शहरमा तैनाथ गरिएको थियो ।

आक्रमणमा परी करिब ३० जना सुरक्षाकर्मी घाइते भएको सेनाले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जवाफी कारबाहीमा कैयौँ आक्रमणकारीलाई ‘निष्प्रभावी’ पारिएको र उनीहरूका लडाकू उपकरणहरू नष्ट गरिएको छ भने उक्त क्षेत्रमा अहिले पनि भिडन्त जारी रहेको छ ।”

बुर्किना फासोमा सन् २०१५ मा छिमेकी मुलुक मालीमा भएको आक्रमणपछि हजारौंको ज्यान लिइसकेको जिहादी विद्रोहलाई रोक्न असफल भएको भन्दै आक्रोशित भएर गत वर्ष दुई पटक सैन्य ‘कू’ भएको थियो ।

जिहादी आक्रमणमा परी १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको एक गैरसरकारी संस्थाले जनाएको छ ।

बुर्किना फासोमा पनि २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसले गर्दा यो अफ्रिकाको सबैभन्दा खराब आन्तरिक विस्थापन सङ्कटमध्ये एक हो ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?