Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

कायरोमा भवन भत्किँदा चार जनाको मृत्यु, पाँच घाइते


२० ,भाद्र ,कायरो । इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ ।

उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन् । उत्तरी कायरोको हदेक अल–कुब्बा जिल्लामा रहेको चारतले भवनमा रहेका मृतक तथा घाइते सबै बासिन्दा एकै परिवारका हुन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको र भग्नावशेषमा फसेका मानिसहरुको यकिन सङ्ख्या अझै अज्ञात रहेको समाचारमा उल्लेख छ ।

सरकारी वकिलले दुर्घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् । गत जुलाईमा पनि सोही क्षेत्रमा एउटा पुरानो भवन भत्किँदा १३ जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?