Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

रुसी सेनामा भर्ती गर्न क्युवाबाट मानव तस्करी


२० भदाै, एजेन्सी । मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पुर्याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो ।

युक्रेनको युद्धमा क्युवा संलग्न नभएकाले क्युवाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा लगाउने जुनसुकै किसिमको मानव बेचबिखनमा संलग्न जो कोहीलाई कडा कारवाही गरिने विदेश मन्त्रालयले एक वक्तव्य निकालेर चेतावनी दिएको छ ।

गत शुक्रबार मियामीको अमेरिका टेभि अखबारमा दुई जना क्युवाली किशोरले आफूहरू ठगिएको तथा युक्रेनमा निर्माणस्थलमा रूसी सेनाको साथमा काम गर्न बाध्य पारिएको बताउँदै आफूहरूको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको समाचार छापिएपछि मानव तस्करीबारे खुलेको हो भने क्युवा सरकारले पनि आफ्नो भनाइ आज सार्वजनिक गरेको हो ।

एक जना पीडितले आफू सुत्न नसकेको तथा आफूमाथि कुटपिट भएको दाबी गरेका छन् । पीडितहरूलाई रुसमा वैधानिक रुपमा बस्न रुसी सेनामा संलग्न गराइएको दस्तावेजमा हस्ताक्षर गराइएको समाचारमा बताइएको छ । यद्यपि यससम्बन्धमा मस्कोबाट तत्काल कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?