Trending
>>   आज पनि रवि लामिछाने निकिताकै जिम्मामा ! >>   दिनेश त्रिपाठीले आचरणविपरीत काम गरेः न्यायाधीश समाज >>   जाला कांग्रेस सांसद गुरुङको सांसद पद? निलम्बन फुकुवाको फैसला पुनरावलोकनकाे बाटाेमा ! >>   देशभरका न्यायाधीश रविकाे पक्षमा? दिनेश त्रिपाठीविरूध्द न्यायाधीश समाजकाे यस्ताे विज्ञप्ती ! >>   असनमा आगलागी ! >>   काे हुन रुपन्देहीमा रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीश प्रल्हादकुमार योगी? >>   काभ्रेमा विहे गर्न नमानेपछि युवतीको अश्लील तस्वीर सार्वजनिक, युवक जेलमा ! >>   महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै >>   इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ >>   ट्रम्पद्वारा अमेरिकामा ५ सय अर्ब अमेरिकी डलरको एआई पूर्वाधार लगानीको घोषणा
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

विश्व


‘युरोपको शान्तिका लागि नाटो बाधक हो’

२३ असार, एजेन्सी । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् । सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा उनले नाटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताए । “इयूको

बारुद कारखाना विष्फोटमा छ जना हताहत

२२ असार ,मस्को । मध्य रुसी क्षेत्र समारामा रहेको एउटा बारुद कारखानामा भएको विष्फोटमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य दुई जना घाइते भएका छन् । रुसी समाचार एजेन्सीहरूका अनुसार चपाएभास्क शहरको प्रमिश्तेञ्ज प्लान्टमा विस्फोट हुँदा आठ जना घाइते भएकामा छ जनाको तत्काल मृत्यु भएको हो । आरआईए नोवोस्ती

फेसबुक म्यासेन्जरमा समस्या, फोटो पठाउन नमिल्ने

२२ असार, काठमाडाैँ । फेसबुक म्यासेन्जरमा समस्या देखिएको छ । अहिले म्यासेन्जरमा फोटो कसैलाई पठाउन नमिल्ने समस्या देखिएको हो । अनलाइन साइटहरू क्र्यास भएको रिपोर्ट गर्ने डाउन डिटेक्टरले अहिले म्यासेन्जरको यो समस्याबारे थुप्रै रिपोर्टहरू देखिएको जनाएको छ । तर, फेसबुकले यस समस्याबारे केही भनेको छैन ।

बालुवाको ढिस्कोमा पुरिएर आठ बालबालिकाको मृत्यु

२२ असार, एजेन्सी । पाकिस्तानको मार्तुङ खास शाङ्गला जिल्लामा बालुवाको ढिस्कोमा पुरिएर आठ जना बालबालिकाको मृत्यु भएको छ । क्रिकेट खेलिरहेका बालबालिकामाथि बालुवाको ढिस्को खस्दा उक्त हताहति भएको उद्धारकर्मीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ । एक जना बालकलाई जीवित उद्धार गरिएको तथा अन्य एक जनाको खोजी भइरहेको छ । दुर्घटनाका

चिनियाँ कम्पनीमाथि मानव अधिकार र वातावरणीय दुरुपयोगको आरोप

२२ असार, एजेन्सी । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको अवधिमा एक सयभन्दा बढी मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप लागेको हो । अन्तरराष्ट्रिय गैरसरकारी

सामाजिक बन्धन र निषेधलाई तोड्दै ग्रामीण कश्मीरको महिला समूह सेनेटरी न्यापकिन् उत्पादनमा

२२ असार, एजेन्सी । भारत अधिनस्थ उत्तरी कश्मीरको बान्दीपोरा जिल्लाको दुर्गम भेगमा अवस्थित शाहगुन्डका गाउँका केही महिलाले सामाजिक बन्धन र प्रतिबन्धलाई चुनौती दिँदै रजस्वला भएका बेला लगाइने ‘सेनेटरी न्यापकिन’ उत्पादन एवम् प्रवर्द्धनमा जुटेका छन् । ११ जना समर्पित सदस्य सम्मिलित समूहले ‘सेनेटरी न्यापकिन्’ उत्पादनका साथै कश्मिरका हरेक गाउँ, सुदूर बस्तीहरूमा महिला

६७ हजार भक्तजनले गरे अमरनाथमा पूजाअर्चना

२२ असार, एजेन्सी । बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् । राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा

विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु, ८ जना घाइते

२२ असार, एजेन्सी । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात बालबालिका र दुई वयस्क गरी घाइते भएका

दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना

२२ असार, एजेन्सी । भारतको सङ्घीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन् । भारतका सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन् । मन्त्रीका अनुसार १.२० मिटर अग्लो तारबार लगाइनेछ र

आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा सात जना पक्राउ

२१ असार ,बर्लिन । जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका सङ्घीय अभियोजकको कार्यालय बताएको

सम्वन्धित समाचारहरु