Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु


बेरुत । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् ।

दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक स्वास्थ्य प्राधिकरणको केन्द्रलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा सिभिल डिफेन्सका १० सदस्यको मृत्यु भएको अज्ञात नागरिक सुरक्षा स्रोतले बताएको छ ।

स्रोतका अनुसार पीडितहरूको शव दक्षिणी लेबनानको नाबातिह सहरको अस्पतालमा सारिएको छ । साथै, पूर्वी लेबनानको कलिया सहरमा रहेको एउटा घरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा एक नागरिकको मृत्यु भएको र तीन जना घाइते भएको लेबनानी रेडक्रसको स्रोतले बताएको छ ।

सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा गहन आक्रमण गरेको छ । यसको परिणामस्वरूप कम्तीमा दुई हजार जनाको मृत्यु भएको छ । सिन्ह्वा


प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?