Trending
>>   धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता >>   आज जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित >>   आज मिति २०८१ साल मङ्सिर १५ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन आधा संख्याले घट्यो


एजेन्सी। अस्ट्रेलियामा आप्रवासीहरूको संख्या घटाउन सरकारले गरेको कारबाहीका कारण अस्ट्रेलियामा अध्ययन गर्न अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा आवेदन दिनेको संख्या आधाले घटेको छ ।

बिहीबार नाइन इन्टरटेनमेन्ट पत्रिकाले प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५ हजार २७० अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन दर्ता भएका थिए । जुन सन् २०२३ को अगस्टमा ३० हजार ७०३ बाट घटेको हो । जुलाईमा, १८ हजार ६९७ बाहिरी मुलुकका विद्यार्थीले अस्ट्रेलियामा अध्ययन गर्न भिसाका लागि आवेदन दिए । जुन २०२३ को सोही महिनामा ३६ हजार २०७ थिए । सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसाको आवेदन शुल्क ७१० अस्ट्रेलियाली डलर (४८७.४ अमेरिकी डलर) बाट १ हजार ६ अस्ट्रेलियाली डलर (१,०९८.४ अमेरिकी डलर) गरेको जुलाई १ देखि दोब्बर बढाएपछि यो आएको हो ।

नयाँ तथ्याङ्कले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको लागि दोस्रो ठूलो स्रोत देश भारतबाट भिसा आवेदनहरू जुलाई र अगस्ट २०२३ को संयुक्त १३ हजार ४७ बाट ६६.४ प्रतिशतले घटेर २०२४ को सोही अवधिमा ४ हजार ३८३ मा पुगेको छ । फिलिपिन्सका आवेदन ५ हजार १२६ बाट ८४९ र पाकिस्तानबाट ४ हजार २३४ बाट ६१६ मा झरेका छन् ।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको सबैभन्दा ठूलो स्रोत देश चीनबाट भिसा आवेदनहरू २०२३ र २०२४ बीचमा १० प्रतिशतले घट्यो ।


प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?