Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

मध्य गाजामा इजरायली हमलामा २४ को मृत्यु


इजरायल । इजरायलले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ९३ जना घाइते भएका छन् । इजरायली सेनाले अल–अक्सा शहीद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल–अक्सा शहीद मस्जिदमा बमबारी गरेको छ ।

मस्जिद र स्कुलका सयौँ व्यक्तिहरू विस्थापित भएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार इजरायली वायुसेनाले इब्न रुस्द स्कुलको रूपमा काम गरेको कम्पाउन्ड भित्र रहेको कमान्ड–एन्ड–कन्ट्रोल सेन्टर भित्र सञ्चालित हमास लडाकुहरूमाथि सटीक हमला गरेको बताएको छ । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या ४१ हजार ८२५ पुगेको छ । सिन्ह्वा


प्रकाशित मिति: २१ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?