Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

विश्व


इण्डोनेसियामा पानी जहाज डुब्दा ६ जनाको मृत्यु, २४ जना बेपत्ता

एजेन्सी। इण्डोनेसियाको बाली स्ट्रेटमा यात्रुवाहक जहाज डुब्दा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । २४ जना अझै बेपत्ता छन् । ३५ जनाको उद्धार गरिएको बालीस्थित खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बताए । रात परेका कारण बिहीवार साँझ खोज तथा उद्धार कार्य स्थगित गरिएको थियो ।

टर्कीमा डढेलोबाट एक जनाको मृत्यु

एजेन्सी। टर्कीले पश्चिमी र दक्षिणी क्षेत्रहरूमा लागेको भीषण डढेलोका कारण एक जनाको मृत्यु भएको छ । इज्मिर प्रान्तमा ८१ वर्षीय वृद्धको धुवाँमा निस्सासिएर मृत्यु भएको हो । मृतक आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक ओडेमिस शहर नजिकैको गाउँका वृद्ध व्यक्ति थिए । एल्बानकाअनुसार विद्युत वितरण लाइनमा त्रुटिका कारण आगलागी भएको

डेनमार्कद्वारा इयुको अध्यक्षता ग्रहण

एजेन्सी। डेनमार्कले बिहीवार आधिकारिक रूपमा युरोपेली संघ परिषद्को आलोपालो अध्यक्षता ग्रहण गरेको छ । युरोपेली आयोग र युरोपेली परिषद्का नेताहरूको भ्रमण र डेनमार्कको दोस्रो ठूलो शहर आरहसमा आधिकारिक उद्घाटन समारोहका साथ डेनमार्कले अध्यक्षता ग्रहण गरेको हो । उद्घाटन कार्यक्रममा डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेनले डेनमार्कले अझ शक्तिशाली र निर्णायक युरोप निर्माण

मस्कोद्वारा अफगानिस्तानको अन्तरिम सरकारलाई औपचारिक मान्यता

एजेन्सी। अफगानिस्तानको विदेश मन्त्रालयले बिहीवार राति एक विज्ञप्तिमा रूसले आधिकारिक रूपमा अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दिएको बताएको छ । रूसको आरआईए नोवोस्ती समाचार एजेन्सीले पनि अफगानिस्तानका लागि रूसी विशेष राष्ट्रपति दूत जामिर काबुलोभलाई उद्धृत गर्दै रूसले अफगानिस्तानमा तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको बताएको छ । अफगानिस्तानको विदेश मन्त्रालयको विज्ञप्तिअनुसार

पुटिनसँग ट्रम्पले भनेः इरान र युक्रेनमा कुनै प्रगति भएन

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग इरान र युक्रेन द्वन्द्वको बारेमा कुनै प्रगति नभएको बताएका छन् । टेलिफोन संवादका क्रममा उनले यस्तो बताएका हुन् । पुटिनसँग आफूले लामो समयसम्म कुरा गरेको र वार्ताका क्रममा इरानसहित युक्रेनको बारेमा पनि चर्चा गरेको बताए । रूसी राष्ट्रपतिका सहयोगी

स्पेनमा कार दुर्घटनामा लिभरपुलका फरवार्ड डियोगो जोटा र उनका भाइको मृत्यु

एजेन्सी। लिभरपुलका पोर्चुगिज अन्तर्राष्ट्रिय फरवार्ड डियोगो जोटा र उनका भाइ आन्द्रेको बिहीवार बिहान उत्तर पूर्वी स्पेनमा कार दुर्घटनामा मृत्यु भएको स्पेनी अधिकारीहरूले बताएका छन् । पोर्चुगलको छेउमा रहेको जामोरा प्रान्तको क्षेत्रीय सरकारी प्रतिनिधिमण्डलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पलासियोस डे सानाब्रियाको ए ५२ रोडमा भएको दुर्घटनामा दुई युवाको मृत्यु

स्पेनी प्रधानमन्त्रीद्वारा बलियो बहुपक्षीय व्यापार विस्तारका लागि आह्वान

एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार विकासको लागि वित्तपोषण सम्बन्धी चौथो संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा आयोजित गोलमेच छलफलमा अन्तर्राष्ट्रिय व्यापारको लागि बलियो बहुपक्षीय प्रणालीको लागि आह्वान गरेका छन् । मोरक्कोका अर्थ तथा वित्तमन्त्री नादिया फेट्टाह र स्लोभेनियाका विदेश तथा युरोपेली मामिला तथा विकासमन्त्री मेलिता गेब्रिकको सह अध्यक्षतामा सेभिलमा भएको

टर्किएले पशुधन बजार बन्द गर्दै

एजेन्सी। टर्किएले देशको कृषि क्षेत्रलाई गम्भीर असर पार्ने अत्यधिक संक्रामक खुट्टा र मुख रोगको फैलावटलाई नियन्त्रण गर्न देशभरका सबै पशुधन बजारहरू बन्द गरिरहेको बताएको छ । एक विज्ञप्तिमा कृषि तथा वन मन्त्रालयले जुनको शुरुमा मुस्लिमहरूको ईद अल–अधाको बिदा पछि बढेको पशु आवागमनलाई यसको फैलावटको श्रेय दिएको छ । जुन परम्परागत

गाजा युद्धविराम प्रश्तावहरूमा परामर्श गर्दैछौँः हमास

एजेन्सी। हमासले बुधवार मध्यस्थकर्ताहरूले राखेका गाजा युद्धविराम प्रस्तावहरूमा छलफल गर्न परामर्श गरिरहेको बताएको छ । प्यालेस्टिनी लडाकू समूहले इजरायली आक्रमणको अन्त्य, इजरायली सेनाको फिर्ता र गाजा पट्टीमा तत्काल मानवीय राहतको वितरण सुनिश्चित गर्ने सम्झौतामा पुग्न मध्यस्थकर्ताहरूको प्रश्तावहरूमा परामर्श गरिरहेको बताएको हो । मध्यस्थकर्ताहरूले पक्षहरू बीचको खाडल कम गर्न, रूपरेखा सम्झौतामा

नेदरल्याण्ड्समा अत्याधिक गर्मीले जनजीवन प्रभावित

एजेन्सी। नेदरल्याण्ड्स तीन वर्षमा पहिलो पटक आधिकारिक गर्मीको लहरबाट प्रभावित भएको छ । जसले गर्दा रोयल नेदरल्याण्ड्स मौसम विज्ञान संस्थानले देशको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक गर्मीको लागि ओरेन्ज कोड अलर्ट जारी गरेको छ । उट्रेच्ट प्रान्तमा अवस्थित राष्ट्रिय सन्दर्भ मौसम स्टेशन डे बिल्टमा तापक्रम स्थानीय समयअनुसार बिहान ११ः२० बजे ३० डिग्री

सम्वन्धित समाचारहरु