Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

९९ जनाको मृत्युपछि स्वेइडामा युद्धविरामको घोषणा


एजेन्सी। रक्षा अधिकारीहरुका प्रमुख मुरहाफ अबु कास्राकाअनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजातिहरू र अन्तरिम सरकारका सेनाहरू बीचको घातक आक्रमणपछि सिरियाली रक्षा अधिकारीहरूले मंगलवार दक्षिणी प्रान्त स्वेइडामा पूर्ण युद्धविरामको घोषणा गरेका छन् ।

अबु कास्राले स्थानीय र प्रतिष्ठित व्यक्तिहरूसँग सम्झौता गरेपछि स्वेइडा शहरभित्र कार्यरत सबै एकाइहरूको लागि पूर्ण युद्धविरामको आदेश दिएको बताए । अबु कास्राले सिरियाली सेनाले आक्रमणका सक्रिय स्रोतहरूलाई मात्र जवाफ दिनेछ । नागरिकहरूको सुरक्षा, सामाजिक शान्ति कायम राख्न र सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्न कडा निर्देशनहरू जारी गरिएको छ । सशस्त्र प्रहरी एकाइहरूलाई पनि श्रेणीहरूमा अनुशासन र जवाफदेहिता सुनिश्चित गर्न शहर भित्र तैनाथ गर्न आदेश दिइएको छ । सिरियाली सेनाका एकाइहरूले युद्धविराम सम्झौता अनुसार सोमवार शहरबाट भारी सैन्य सवारी साधनहरू फिर्ता गर्न थालेका छन् । सप्ताहन्तमा हिंसामा तिब्र वृद्धि भएपछि यो घटनाक्रम आएको हो ।

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार विगत दुई दिनमा कम्तिमा ९९ जनाको मृत्यु भएको छ र लगभग २०० जना घाइते भएका छन् । मृत्यु हुनेको संख्यामा ६० ड्रुज नागरिकहरू छन् । जसमध्ये दुई महिला र दुई बालबालिका, १८ बेदुइन, अन्तरिम सरकारका १४ सैनिक र सैन्य पोशाक लगाएका ७ जना अज्ञात व्यक्तिहरू छन् । रक्षा अधिकारीका प्रवक्ता हसन अब्देल घानीले गैरकानुनी सशस्त्र समूहहरुद्वारा विश्वासघाती आक्रमण भनिएकोमा १८ सैनिकहरू मारिएको र अरू घाइते भएको बताएका थिए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?