Trending
>>   नेपाल खो खो विश्वकपको उपविजेता >>   बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री >>   गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने >>   विपिन सकुशल घर फर्किने आशामा परिवार >>   स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह >>   अमेरिकामा टिकटक पुनः सञ्चालनमा >>   मौसम : तराई तथा उपत्यकामा हुस्सु / कुहिरोको सम्भावना >>   सरकारले अर्थतन्त्र डुब्न दिँदैनः अर्थमन्त्री पौडेल >>   आज मिति २०८१ साल माघ ०७ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   रुस र इरानबीच व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर
Logo
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

विश्व


प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

२० भदाै, एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उनिमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो । गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी

चिनियाँ नक्साले छिमेकी असन्तुष्ट

२० भदाै, काठमाडाैँ । चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् । नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन् ।

रुसी सेनामा भर्ती गर्न क्युवाबाट मानव तस्करी

२० भदाै, एजेन्सी । मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पुर्याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो । युक्रेनको युद्धमा क्युवा संलग्न नभएकाले क्युवाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा

बुर्किना फासोमा जिहादी आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु

२० भदाै, एजेन्सी । उत्तरी बुर्किना फासोमा सन्दिग्ध जिहादीको आक्रमणमा परी सुरक्षाकर्मीसहित ५३ जनाको मृत्यु भएको सेनाले मङ्गलबार जनाएको छ । सेनाका जनरल स्टाफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणको प्रतिकार गर्ने क्रममा सोमबार सेनाका १७ सैनिक र ३६ स्वयंसेवक दलका लडाकूको मृत्यु भएको छ ।” आक्रमणमा परेको उक्त एकाईलाई दुई

प्लास्टिक प्रदुषण सम्झौताका लागि विश्व सकारात्मक दिशामा : संयुक्त राष्ट्रसङ्घ

१९ ,भाद्र ,पेरिस । संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदुषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेसँगै विश्वले प्लास्टिक प्रदुषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको छ । सन् २०२४ को अन्त्यसम्ममा विश्वका १७५ देशले समुद्र, चराचुरुङ्गीको पेट र हिमालको चुचुरोमा हुने प्लास्टिक प्रदूषणलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौतामा पुग्ने गरी काम

चीनको ग्रेटवाल भत्काउने दुई जना समातिए

१९ भदाै, एजेन्सी । चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएका छ । राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)लाई उद्धृत

ताइवानी राष्ट्रपति इस्वाटिनी भ्रमणमा

१९ भदौ, एजेन्सी । ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणका निम्ति आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो । राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन म्वेनेतर्फ प्रस्थान गरेकी

अमेरिकी प्रथम महिला पुनःकोरोना सङ्क्रमित

१९ भदाै, एजेन्सी । अमेरिकी प्रथम महिला जिल बाइडेन पुनःकोविड–१९ बाट सङ्क्रमित भएकी छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उनि कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो बाइडेनको प्रयोगशाला परीक्षण प्रतिवेदन भने नकारात्मक आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ७२ वर्षीया प्रथम महिलालाई कोरोनाका सामान्य लक्षणमात्र देखिएको

कसरी गर्ने आफ्नो मुटुको हेरचाह ? यस्ता छन् विश्व स्वास्थ्य संगठनका ६ सुझाव

१९ भदाै, एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार मुटु सम्बन्धि रोग विश्वमा मानिसको मृत्यु हुने सबैभन्दा प्रमुख कारण हो । मुटु सम्बन्धि रोग हुने प्रत्येक तीन जनामध्ये एक जनाको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । पछिल्लो तथ्यांक अनुसार फिलिपिन्समा मात्रै वर्षेनी ५० हजार मानिसको मुटु रोगकै कारण मृत्यु हुने

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना, तीन जनाको ज्यान गएको पुष्टि

१९ भदाै, एजेन्सी । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

सम्वन्धित समाचारहरु