Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने कुनैपनि प्रयास स्वीकार्य छैनः अरब लिग प्रमुख


एजेन्सी। अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेइतले प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्ने बताएका छन् ।

उनले गाजा विक्रीको लागि नभएको बताउदै सबै अरब राज्यहरूलाई कुनैपनि बहानामा प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्न आग्रह गरेका छन्। उनले जोड दिए कि गाजा भविष्यको प्यालेस्टिनी राज्यको हिस्सा हो । जुन १९६७ को सिमानामा पूर्वी जेरुसेलमको राजधानीको रूपमा स्थापित हुनेछ । अबुल–घेइतले प्यालेस्टिनी मुद्दा अरबहरू जनता र सरकार दुवैको लागि केन्द्रिय कारण भएको कुरामा पनि जोड दिए । उनले अबुल–घेइतले वेस्ट बैंकमा हालै भएको इजरायली सैन्य वृद्धिको पनि निन्दा गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको पुनर्विकास गर्ने र यसको जनसंख्यालाई जोर्डन र इजिप्ट लगायत छिमेकी देशहरूमा स्थानान्तरण गर्ने सुझाव दिएपछि बढेको चिन्ताको बीचमा यो टिप्पणी आएको हो । विवादास्पद प्रश्तावलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा अस्वीकार गरिएको छ । प्यालेस्टिनी मुद्दाको पछिल्लो विकासलाई सम्बोधन गर्न कायरोले फेब्रुअरी २७ मा आपतकालीन अरब शिखर सम्मेलन आयोजना गर्ने कार्यक्रम छ ।


प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?