Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण ! उपरथी ढकाल घाइते


काठमाडाैं । लेबनानको राजधानी बेरुतमा नेपाली शान्ति सेनामा आ’क्र’मण भएको छ। शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल, जो युनिफिल (युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान) मा आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी शनिबार स्वदेश फर्कन तयारीमा थिए, आ’क्र’मणमा घाइते भएका छन्।

उनको सवारी साधनलाई उत्तेजित प्रदर्शनकारीहरूले रोकेर आ’क्र’मण गरेका थिए। उपरथी ढकाल सवार गाडीलाई पहिलो गाडी क्रस गर्ने बित्तिकै प्रदर्शनकारीहरूले रोकेपछि गाडीमा आगोको लप्काले लग्न थालेको थियो। सुरक्षाकर्मीहरू सवारी साधनको अगाडि र पछाडि रहेको जिपले गाडीको इस्कर्ट गरिरहेका थिए।

घटनापछि, उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा उपचारका लागि पुर्याइएको थियो र अस्पतालले उनकाे स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ। ढकाल आफ्नो कार्यकाल सकेर स्वदेश फर्किने क्रममा थिए र नाकुरास्थित युनिफिल फोर्स हेडक्वार्टरमा शुक्रबार विदाइ कार्यक्रम गरिएको थियो।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?