Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण ! उपरथी ढकाल घाइते


काठमाडाैं । लेबनानको राजधानी बेरुतमा नेपाली शान्ति सेनामा आ’क्र’मण भएको छ। शान्ति मिसनमा कार्यरत नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल, जो युनिफिल (युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान) मा आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी शनिबार स्वदेश फर्कन तयारीमा थिए, आ’क्र’मणमा घाइते भएका छन्।

उनको सवारी साधनलाई उत्तेजित प्रदर्शनकारीहरूले रोकेर आ’क्र’मण गरेका थिए। उपरथी ढकाल सवार गाडीलाई पहिलो गाडी क्रस गर्ने बित्तिकै प्रदर्शनकारीहरूले रोकेपछि गाडीमा आगोको लप्काले लग्न थालेको थियो। सुरक्षाकर्मीहरू सवारी साधनको अगाडि र पछाडि रहेको जिपले गाडीको इस्कर्ट गरिरहेका थिए।

घटनापछि, उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा उपचारका लागि पुर्याइएको थियो र अस्पतालले उनकाे स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ। ढकाल आफ्नो कार्यकाल सकेर स्वदेश फर्किने क्रममा थिए र नाकुरास्थित युनिफिल फोर्स हेडक्वार्टरमा शुक्रबार विदाइ कार्यक्रम गरिएको थियो।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?