
एजेन्सी। फ्रान्सको दक्षिणपूर्वी शहर ग्रेनोबलमा भएको ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते भएको फ्रान्सेली दैनिकले फिगारोले जनाएको छ ।
स्थानीय समयअनुसार बुधवार राति ८ बजेतिर एउटा बारमा विस्फोट भएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले आतंकवादी आक्रमणलाई अस्वीकार गरेको छ ।
प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार