Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोटः ११ जनाको मृत्यु, ६ जना घाइते


एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा एक सवारीसाधन लक्षित बम विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएको एक अधिकारीले बताएका छन् ।

हरनाईका उपायुक्त हजरत वलीले बताएअनुसार हरनाईको शाहराग क्षेत्रमा मजदुर बोकेको गाडीमा सडक छेउमा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थल पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । एक जोडीको अवस्था गम्भीर छ ।

उपायुक्तलेसडकको छेउमा राखिएको विस्फोटक पदार्थलाई रिमोट कन्ट्रोल उपकरणबाट विस्फोट गराइएको थियो ।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?