Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कन्स्टेन्टाइन टासोउलास ग्रिकको नयाँ राष्ट्रपतिमा निर्वाचित


एजेन्सी। ग्रीक संसदका पूर्व सभामुख कन्स्टेन्टाइन टासोउलास बुधवार देशको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

सत्तारुढ रूढिवादी न्यू डेमोक्रेसी (एनडी) पार्टीका उम्मेदवार टासोउलासले चौथो चरणको मतदानमा १६० मत प्राप्त गरेका छन्। जुन अघिल्लो चरणहरूमा जस्तै थियो । अन्य तीन उम्मेदवारहरूले प्रत्येकले ५० भन्दा कम मत प्राप्त गरेका छन् । बुधवारको मतदानमा संसदका कुल २७६ सदस्यहरूले भाग लिए । ग्रिक संविधान अन्तर्गत चौथो चरणमा राष्ट्रपति पद जित्नको लागि उम्मेदवारलाई ३०० सदस्यीय सभामा कम्तिमा १५१ मत चाहिन्छ । जुन तेस्रो चरणमा १८० मतबाट घटाइएको थियो । विगत तीन हप्तामा आयोजित पहिलो दुई चरणमा २०० मत थियो ।

एनडी पार्टीका अनुभवी राजनीतिज्ञ तासौलासले २०१४ मा संस्कृति तथा खेलकुद मन्त्रीको रूपमा सेवा गरेका थिए । २०१९ देखि तीन पटक ठूलो बहुमतले ग्रिक संसदको सभामुख निर्वाचित भएका थिए।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?