५ भदाै, एजेन्सी । अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्। मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो बारे जानकारी दिएको स्थानीय टोलो न्युज टिभीले उल्लेख गरेको छ। सञ्चारमाध्यमले उच्च शिक्षाका कार्यवाहक उपमन्त्री लुत्फुल्लाह खैरख्वालाई उद्धृत गर्दै योजनाको
५ भदाै, एजेन्सी । स्पेनलाई उपाधि सुम्पिँदै नवौं फिफा महिला विश्वकप फुटबलको मैजारो भएको छ । आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा भएको फाइनल खेलमा स्पेनले बलियो इङ्ल्यान्डलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन २३ वर्षीया ओल्गा कार्मोनाले २९औं मिनेटमा गोल गरेकी थिइन् । टोलीको कप्तानसमेत रहेकी ओल्गाको
५ भदाै, एजेन्सी । इजरायली रक्षा इलेक्ट्रोनिक्स कम्पनी एल्बिट सिस्टम्सले सोमबार ५५ मिलियन अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेको छ । नेदरल्याण्ड्सका लागि काउन्टर–मानवरहित विमान प्रणाली उपकरण आपूर्ति गर्न सो डलर सम्झौता गरिएको बताइएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयका लागि आफ्नो काउन्टर–ड्रोन प्रणालीको “धेरै मोबाइल, स्थिर र तैनाथ
४ भदाै, एजेन्सी । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा शहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
४ भदाै, एजेन्सी । भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा
४ भदाै, एजेन्सी । यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षा गार्डले ‘विस्फोटक हतियार’ प्रहार गरेको ह्युमन राइट्स वाच (एचआर डब्लु) ले सोमबार जनाएको छ । रियादले तत्काल कुनै टिप्पणी नगरेका यी आरोपहरूले सोमाली प्रयद्वीप (हर्न अफ अफ्रिका) देखि साउदी अरेबियासम्म खतरनाक ‘पूर्वी मार्ग’ मा दुब्र्यवहारको
४ भदाै, एजेन्सी। चीनको केन्द्रीय बैंकले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा कोभिड–१९ पछिको आर्थिक वृद्धिदरमा आएको सुस्तताको सामना गर्ने प्रयासस्वरुप सोमबार प्रमुख ब्याजदरमा कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले एक विज्ञप्ति जारी गर्दै कर्पोरेट कर्जाका लागि महत्वपूर्ण रहेको एक वर्षे ऋणको प्रमुख ब्याज दर ३.५५ प्रतिशतबाट घटाएर ३.४५
४ भदाै, एजेन्सी । लिओनेल मेस्सीको उत्कृष्ट गोलको मद्दतमा इन्टर मियामीले नासभिललाई पेनाल्टी सुटआउटमा १०–९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ । न्याशभिलको जियोडिस पार्कमा भएको खेलको २३ औं मिनेटमा अर्जेन्टिनी विश्वकप विजेता मेस्सीले बायाँ खुट्टाको माथिल्लो बायाँ कुनामा प्रहार गरेको बललाई गोलमा परिणत गर्दै मियामीलाई अग्रता दिलाएका थिए
४ भदाै, एजेन्सी । भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३) को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ । भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आइतबार आधिकारिक रूपमा यस बारे घोषणा गरेको छ । अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको छ,
४ भदाै, एजेन्सी । डेनमार्क र नेदरल्याण्ड्सले अमेरिकानिर्मित एफ–१६ लडाकू विमान कीएभमा स्थानान्तरण गर्न वासिङ्टनले स्वीकृति दिएको दुई दिनपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार दक्षिणी डेनमार्कस्थित वायु सेनाको एउटा आधारशिविरमा अवतरण गरेका छन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटले विमान हस्तान्तरण गर्ने बिषयमा स्वीकृति दिएपछि जेलेन्स्की स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे स्क्रिडस्ट्रप