Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अदालतले जनवरी १४ र १६ मा युनको महाभियोगको सुनुवाई गर्ने


काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोगको सुनुवाइ गर्ने जनाएका छन् ।

संवैधानिक अदालतका न्यायाधीशले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युनबिरुद्धको महाअभियोगको सुनुवाई गर्ने बताए । न्यायाधीशले महाभियोग लागेका राष्ट्रपतिलाई उल्लेख गर्दै प्रतिवादीको अनुपस्थितिको तयारीमा जनवरी १६ मा दोस्रो औपचारिक सुनुवाइ तोकिएको उल्लेख गरेका छन् ।

युनका लागि कानूनी प्रतिनिधिहरूले थप तयारी सुनुवाइहरूमा थप छलफलको माग गरेका छन् । जसलाई न्यायालयले खारेज गरेका छन् । नेशनल एसेम्बलीका लागि कानूनी प्रतिनिधिहरूले अदालतको कार्यवाहीलाई ढिलाइ गर्न खोजेकोमा युनको प्रतिरक्षा सल्लाहकारको निन्दा गरेका छन् ।

युन विरुद्धको महाभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेका थिए । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाएका थिए । जुन अवधिमा यूनको राष्ट्रपतिको शक्ति निलम्वित छ । युनलाई अनुसन्धान एजेन्सीहरूले विद्रोहको आरोपमा संदिग्ध नेताको रूपमा नाम दिएका थिए ।

डिसेम्बर ३, २०२४ को रात मा मार्शल ल घोषणा गरे तर यसलाई केही घण्टापछि राष्ट्रिय सभाले खारेज गरेका थिए ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?