Trending
>>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार >>   शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं >>   आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने >>   मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना बनाउन सरकारलाई निर्देशन >>   ओली—भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा >>   दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण : एमाले उपाध्यक्ष पाण्डेको दाबी >>   अवैध लागूऔषध गाँजा सहित पक्राउ >>   द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरुले खेलेको भुमिका असाधारणः प्रमुख सचेतक बर्तौला >>   नेपालको न्यायपालिका दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्र छः कानूनमन्त्री चौरसिया
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

अदालतले जनवरी १४ र १६ मा युनको महाभियोगको सुनुवाई गर्ने


काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोगको सुनुवाइ गर्ने जनाएका छन् ।

संवैधानिक अदालतका न्यायाधीशले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युनबिरुद्धको महाअभियोगको सुनुवाई गर्ने बताए । न्यायाधीशले महाभियोग लागेका राष्ट्रपतिलाई उल्लेख गर्दै प्रतिवादीको अनुपस्थितिको तयारीमा जनवरी १६ मा दोस्रो औपचारिक सुनुवाइ तोकिएको उल्लेख गरेका छन् ।

युनका लागि कानूनी प्रतिनिधिहरूले थप तयारी सुनुवाइहरूमा थप छलफलको माग गरेका छन् । जसलाई न्यायालयले खारेज गरेका छन् । नेशनल एसेम्बलीका लागि कानूनी प्रतिनिधिहरूले अदालतको कार्यवाहीलाई ढिलाइ गर्न खोजेकोमा युनको प्रतिरक्षा सल्लाहकारको निन्दा गरेका छन् ।

युन विरुद्धको महाभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेका थिए । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाएका थिए । जुन अवधिमा यूनको राष्ट्रपतिको शक्ति निलम्वित छ । युनलाई अनुसन्धान एजेन्सीहरूले विद्रोहको आरोपमा संदिग्ध नेताको रूपमा नाम दिएका थिए ।

डिसेम्बर ३, २०२४ को रात मा मार्शल ल घोषणा गरे तर यसलाई केही घण्टापछि राष्ट्रिय सभाले खारेज गरेका थिए ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?