Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्छः अध्यक्ष कार्की


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अब उर्जाको क्षेत्रबाट नै देशलाई समृद्ध बनाउन सकिने उल्लेख गरे ।

उनले अबको सरकारको लक्ष्य २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नेमा हुनुपर्ने बताए । उनले उत्पादनको लागि मुख्य चुनौति ६७ खर्ब रुपैयाँ जुटाउनु रहेको बताए । उनले सरकारले सहज नीति बनाउनसके २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न निजी क्षेत्र तयार रहेको बताएका छन् ।

उनले वन, भूमि लगायतका नीतिगत समस्याहरु सरकारले समाधान गर्नुपर्ने बताए । अब शक्तिशाली उर्जा मन्त्रालय बनाएर सम्पूर्ण कामहरु उर्जा मन्त्रालयबाट गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

उनले भने , ‘अहिले हामी नेपाली जनतासँग धेरै खालका उद्योगधन्दाहरु थिएनन् । हामी अन्तै बरालिरहेका थियौँ । अब भने उर्जाको क्षेत्रबाट साँच्चै यो देशलाई समृद्ध बनाउने हो भने अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने लाग्छ । आर्थिक क्रान्ति उर्जाबाटै शुरु हुन्छ भन्ने लाग्छ । अब हाम्रो लक्ष्य भनेको २८ हजार ५ सय मेगावाट हो । यसलाई उत्पादन गर्नुपर्छ र यसको सबैभन्दा चुनौति भनेको झन्डै ५० बिलियन डलर भनिएको छ, ६७ खर्ब पैसा चाहिन्छ भन्नेछ । साँच्चै नै नेपाल सरकारले नीति बनाउने हो, सहज नीतिहरु बनाउने हो भने निजी क्षेत्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न तयार छौँ । नेपालमा थुप्रै खालका नीतिगत समस्याहरु पनि छन् । वनका समस्या छन् । भूमिका समस्याहरु छन् । वास्तवमा यसलाई अब शक्तिशाली उर्जा मन्त्रालय बनाउनुपर्छ । सम्पूर्ण कामहरु उर्जा मन्त्रालयबाट गर्ने व्यवस्था गर्नुपर्छ ।’

अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादका लागि सबैभन्दा ठूलो बाधक उर्जा विधेयक भएको उल्लेख गरे । उर्जा विधेयकलाई लगानीमैत्री बनाएर पास गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?