Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्छः अध्यक्ष कार्की


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अब उर्जाको क्षेत्रबाट नै देशलाई समृद्ध बनाउन सकिने उल्लेख गरे ।

उनले अबको सरकारको लक्ष्य २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नेमा हुनुपर्ने बताए । उनले उत्पादनको लागि मुख्य चुनौति ६७ खर्ब रुपैयाँ जुटाउनु रहेको बताए । उनले सरकारले सहज नीति बनाउनसके २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न निजी क्षेत्र तयार रहेको बताएका छन् ।

उनले वन, भूमि लगायतका नीतिगत समस्याहरु सरकारले समाधान गर्नुपर्ने बताए । अब शक्तिशाली उर्जा मन्त्रालय बनाएर सम्पूर्ण कामहरु उर्जा मन्त्रालयबाट गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

उनले भने , ‘अहिले हामी नेपाली जनतासँग धेरै खालका उद्योगधन्दाहरु थिएनन् । हामी अन्तै बरालिरहेका थियौँ । अब भने उर्जाको क्षेत्रबाट साँच्चै यो देशलाई समृद्ध बनाउने हो भने अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने लाग्छ । आर्थिक क्रान्ति उर्जाबाटै शुरु हुन्छ भन्ने लाग्छ । अब हाम्रो लक्ष्य भनेको २८ हजार ५ सय मेगावाट हो । यसलाई उत्पादन गर्नुपर्छ र यसको सबैभन्दा चुनौति भनेको झन्डै ५० बिलियन डलर भनिएको छ, ६७ खर्ब पैसा चाहिन्छ भन्नेछ । साँच्चै नै नेपाल सरकारले नीति बनाउने हो, सहज नीतिहरु बनाउने हो भने निजी क्षेत्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्न तयार छौँ । नेपालमा थुप्रै खालका नीतिगत समस्याहरु पनि छन् । वनका समस्या छन् । भूमिका समस्याहरु छन् । वास्तवमा यसलाई अब शक्तिशाली उर्जा मन्त्रालय बनाउनुपर्छ । सम्पूर्ण कामहरु उर्जा मन्त्रालयबाट गर्ने व्यवस्था गर्नुपर्छ ।’

अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादका लागि सबैभन्दा ठूलो बाधक उर्जा विधेयक भएको उल्लेख गरे । उर्जा विधेयकलाई लगानीमैत्री बनाएर पास गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?