Trending
>>   राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा हुने >>   संघीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यकः अर्थमन्त्री पौडेल >>   ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्री >>   रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी >>   औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल >>   सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका >>   नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा नेपालको एजेण्डा ‘कृषिजन्य वस्तुको निर्यातमा अवरोध हटाउने हुनुपर्छ’ >>   सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी >>   चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो >>   जनमत पार्टीद्वारा कार्यदल गठन
Logo
२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते


काठमाडौँ । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा दुई यात्रुको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

शुक्रबार साँझ प्रान्तको बागलान-ए-मरकाजी जिल्लामा एउटा गाडीले कारलाई ठक्कर दिँदा उक्त भयानक दुर्घटना भएको थियो, जसमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएका थिए ।

अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह सवारी, चुनौतीपूर्ण भूभाग, ओभरलोडिङ, ओभरटेकिङ तथा तीव्र गतिका कारण सडक दुर्घटना हुने गरेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?