Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४५ हजार ६५८ पुग्यो


काठमाडौँ । गाजामा शुक्रवार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताएका छन् ।

मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई घर र एउटा अपार्टमेन्टमा इजरायली बमबारीबाट ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

इजरायली हवाई आक्रमणमा मध्य गाजाको देइर अल–बालाह र अल–जावेदा सहरहरूमा तीनवटा घरहरूमा एक पत्रकारसहित आठ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेका छन् ।

जसमा करिव १२ सय मानिस मारिएका थिए । २५० जनालाई वन्धक बनाएका थिए । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ६५८ पुगेका छन् ।

घाइतेहरूको संख्या १ लाख ८ हजार ५८३ पुगेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?