Trending
>>   भियतनाममा क्रूज जहाज दुर्घटनामा ३७ जनाको मृत्यु भएको पुष्टि >>   ४२ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध शक्ति दुरुपयोग सम्बन्धी मुद्दा दर्ता >>   दक्षिण कोरियामा भीषण वर्षापछिको बाढी र पहिरोमा ५ जनाको मृत्यु >>   सिरियाद्वारा राष्ट्रव्यापी युद्धविरामको घोषणा >>   सिरियाली अन्तरिम नेताद्वारा एकताको आह्वान >>   टर्किएले फिर्ता ल्यायो अमेरिकाबाट लुटिएको रोमन सम्राटको मूर्ति >>   इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह >>   भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन : एमाले
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४५ हजार ६५८ पुग्यो


काठमाडौँ । गाजामा शुक्रवार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताएका छन् ।

मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई घर र एउटा अपार्टमेन्टमा इजरायली बमबारीबाट ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

इजरायली हवाई आक्रमणमा मध्य गाजाको देइर अल–बालाह र अल–जावेदा सहरहरूमा तीनवटा घरहरूमा एक पत्रकारसहित आठ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेका छन् ।

जसमा करिव १२ सय मानिस मारिएका थिए । २५० जनालाई वन्धक बनाएका थिए । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ६५८ पुगेका छन् ।

घाइतेहरूको संख्या १ लाख ८ हजार ५८३ पुगेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?