११ भदाै, एजेन्सी । स्पेनिस फुटबलका महान खेलाडी आन्द्रेस इनिएस्टाले महिला विश्वकपको फाइनलपछि जेन्नी हर्मोसोसँग जबर्जस्ती चुम्बन गर्दा स्पेनी फुटबलको छविमा क्षति पुगेको बताएका छन् । इनिएस्टाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “‘म एक व्यक्तिको, तीन छोरीहरूको बुबाको, एक पतिको र एक फुटबलरको रूपमा’ हाम्रो फुटबल र स्पेनिश महिला राष्ट्रिय
११ भदाै, एजेन्सी । भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् । “अहिलेसम्म पाँच जनाको
१० ,भाद्र ,कलकत्ता, पश्चिम बङ्गाल । भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ । उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् ।
१० भदाै, एजेन्सी । अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो । फिफा अनुशासन समितिले प्रशिक्षक रुबियाल्सलाई उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ ।
१० भदाै, एजेन्सी । जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् । “आक्रमणकारीले कालो वर्णका मानिसहरूको समूहलाई निशाना बनाएका थिए । उसको परिवारका सदस्यले फेला पारेको
१० भदाै, काठमाडाैँ । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना हुँदा तीन जना जल सेनाका अधिकारीको मृत्यु भएको छ भने पाँच जनालाई गम्भीर अवस्थामा उद्धार गरी डार्विन अस्पतालमा भर्ना गरिएको छ । अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमानमा २३ जना सैन्य कर्मचारी थिए
१० भदाै, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन् । तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्नसक्ने सामथ्र्य भारतको रहेको दाबी गरे । इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले
१० भदाै, एजेन्सी । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल टापुमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त स्थानमा खोज तथा उद्धारका साथै विमानमा सवार व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्नमा नै आफ्नो ध्यान
१० भदाै,एजेन्सी । युद्धग्रस्त सिरियाको उत्तरपश्चिम क्षेत्रमा शनिबार जिहादी समूहले सेनाको पोस्ट नजिकै खनिएको सुरुङमा राखिएको विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तीमा ११ जना सिरियाली सैनिकको मृत्यु भएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार अन्सार अल तौहिद समूह र तुर्केस्तान इस्लामिक पार्टी (टिआइपी) का जिहादीहरु सम्मिलित उक्त आक्रमण इदलिब प्रान्तको
१० भदाै, एजेन्सी । पोप फ्रान्सिसले जनमतलाई प्रभावित पार्ने उद्देश्यले फैलाइएको ‘भ्रामक सूचना’ र भ्रामक समाचारलाई पत्रकारिताको प्रमुख अपराध को संज्ञा दिएका छन् । फ्रान्सिसले इटालियाली पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा भने, “गलत सूचना पत्रकारिताको पहिलो पाप र गल्ती हो ।” एक समझदार सञ्चारक मानिने पोपको अङ्ग्रेजीमा अनुवादित