Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए


काठमाडौँ । मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ ।

भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएका छन् छ भने अन्य १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।

भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिव ६ हजार ९ सय मानिस रहेका छन् । प्रारम्भिक सर्वेक्षणले ३ हजार ६०९ घरहरू भत्किएको देखाएको सिगाजेको सरकारले बताएका छन् ।

४०७ फसेका मानिसहरूलाई उद्धार गरिएको र ३० हजार भन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ । चीनका केन्द्रिय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा करिव २२ हजार विपद् राहत सामग्रीहरू पठाएका छन् । जसमा सुती पाल, शीतकालीन कोट, रजाई र फोल्डिङ बेडहरू र उच्च उचाइ र चिसो क्षेत्रका लागि विशेष राहत सामग्रीहरू छन् ।

यस क्षेत्रमा अग्नि नियन्त्रक, सिपाही, प्रहरी अधिकारी र पेशेवर उद्धारकर्ताहरूसहित १२ हजार भन्दा बढी उद्धारकर्ताहरू भूकम्प स्थलमा खटाएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?