Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए


काठमाडौँ । मङ्गलवार बिहान दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ६.८ म्याग्निच्युडको भूकम्पले हिमालयको उत्तरी भेगमा रहेका हजारौं ग्रामीण घरलाई ध्वस्त बनाएको छ ।

भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएका छन् छ भने अन्य १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।

भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिव ६ हजार ९ सय मानिस रहेका छन् । प्रारम्भिक सर्वेक्षणले ३ हजार ६०९ घरहरू भत्किएको देखाएको सिगाजेको सरकारले बताएका छन् ।

४०७ फसेका मानिसहरूलाई उद्धार गरिएको र ३० हजार भन्दा बढी प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ । चीनका केन्द्रिय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा करिव २२ हजार विपद् राहत सामग्रीहरू पठाएका छन् । जसमा सुती पाल, शीतकालीन कोट, रजाई र फोल्डिङ बेडहरू र उच्च उचाइ र चिसो क्षेत्रका लागि विशेष राहत सामग्रीहरू छन् ।

यस क्षेत्रमा अग्नि नियन्त्रक, सिपाही, प्रहरी अधिकारी र पेशेवर उद्धारकर्ताहरूसहित १२ हजार भन्दा बढी उद्धारकर्ताहरू भूकम्प स्थलमा खटाएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?