Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया


सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया

काठमाडौँ। नेपाली काँग्रेसकी सांसद सीता थपलियाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएको सुकुम्बासी नागरिकको पुनस्र्थापनामा भएको उपलब्धी सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकार नागरिकका आधारभुत समस्या समाधान गर्न असफल भएको आरोप पनि लगाएकी छिन् । मन्त्रीहरुले खुट्टा भाँच्ने र पाता फर्काउने कुरा गर्ने तर नागरिक रित्तो ग्सासको सिलिण्डर बोकेर दिनभर लाइनमा बस्नुपरेको अवस्था रहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति आपत्ति पनि जनाएकी छिन् । उनले सुकुम्बासी नागिरको घर भत्काइएपछि विभिन्न कारणले १० जनाको मृत्यु भएको दाबी गरिएको उल्लेख गर्दै सरकारले यसबारे आधिकारिक तथ्यांक सार्वजनिक गर्नुपर्ने बताएकी छिन् । उनले सुकुम्बासी बस्तीमा डोजर चलाएर टहरा हटाउनु मात्र समस्याको समाधान नभएको भन्दै वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार उपलब्ध गराउन माग गरेकी छिन् ।

उनले भनिन्, ‘कोही मन्त्रीज्यू खुट्टा भाँच्ने कुरा गर्नुहुन्छ, कोही मन्त्रीज्यू पाता फर्काउने कुरा गर्नुहुन्छ । तर नागरिक अहिले पनि रित्तो ग्यास बोकेर लाएइनमा उभिएका छन् । बाढी प्रभावित जिल्लाहरुको अवस्था अझै दयनीय रहेको छ । सरकारले नागरिकलाई न ग्यास दिन सक्यो न सरकारले बजारको महंगी नै नियन्त्रण गर्नसक्यो । सभामुख महोदय, २०८३ साल बैशाख १३ गते राजधानीका नदि किनारमा बस्दै आएका सुकुम्बासी बस्तीमा डोजर चलाइयो । घर भत्काएपछि कतिपय परिवारलाई होल्डिङ सेन्टरमा राखियो । विस्थापितपछि विभिन्न कारणले मत्यु भएका घटनाहरु सार्वजनिक भए । सुकुम्बासी मोर्चाले विभिन्न कारणले १० जना सुकुम्बासी नागरिकको मृत्यु भएको दाबी गर्यो । तर सरकारले आजसम्म पनि यससम्बन्धी आधिकारिक तथ्यांक दिन सकेको छैन । हामी जान्न चाहान्छौँ, कति परिवारको पहिचान भयो ? कति परिवारलाई स्थायी आवास दिइयो ? र बाँकीलाई कहिले दिइन्छ ? डोजर लगाएर टहरा हटाउनु समाधान होइन, वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार दिनु समाधान हो । पुराना राजनीतिक दलका कमि कमजोरीमाथि प्रश्न उठाउन पाउनुपर्छ, पाइन्छ । हामी सुन्न तयार छौँ । तर पुराना दललाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित हुँदैन । गाली मात्रै गरेर यो देश बन्छ भने गर्नुस्, हामी सुन्न तयार छौँ ।’

उनले पुराना राजनीतिक दलहरुलाई गाली गरेर मात्र नयाँ मान्यता स्थापित नहुने पनि बताएकी छिन् ।


प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?