Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको चुनावी विजय स्वीकार


काठमाडौँ । अमेरिकी कंग्रेसले सोमवार आधिकारिक रूपमा डोनाल्ड ट्रम्पलाई २०२४ को राष्ट्रपति चुनावको विजेताको रूपमा पुष्टि गरेका छन् ।

अमेरिकी प्रतिनिधि सभा र सिनेटले राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको चुनाव प्रमाणित गर्न दिउँसो एक संयुक्त सत्रमा बोलाएका थिए । अमेरिकी कंग्रेसको अधिवेशनको अध्यक्षता वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले गरेका थिए ।

उनि चुनावमा ट्रम्पसँग पराजित भएकी डेमोक्र्याटिक उम्मेदवार छन् । ह्यारिसले प्रत्येक राज्य र कोलम्बिया जिल्लाबाट निर्वाचक मत परिणामहरू प्रश्तुत गरे । इलेक्टोरल भोटको अन्तिम ट्यालीले ट्रम्पले ३१२ इलेक्टोरल भोट प्राप्त गरेको देखाएका छन् । जसले राष्ट्रपति पद जित्न आवश्यक २७० मत प्राप्त गरेका छन् । ह्यारिसले २२६ मत प्राप्त गरेका थिए ।

राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रको ४७ औं राष्ट्रपतिको रूपमा औपचारिक रूपमा आफ्नो दोस्रो कार्यकालको शुरुवात गर्दै छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?