Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु


काठमाडौँ । उत्तरी वेस्ट बैंकको नाब्लसको पूर्वमा रहेको अजाम शरणार्थी शिविरमा घुसपैठ गर्ने क्रममा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी किशोरको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएका छन् ।

स्थानीय प्यालेस्टाइनी स्रोतकाअनुसार इजरायली सेनाले क्याम्पमा गोली हानी आक्रमण गरेका थिए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली बन्दुक र बमबारीबाट ८२० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएका छन् ।

यसैबीच गाजामा आधारित स्वास्थ्य अधिकारीहरूको तथ्याङ्कले डिसेम्बर २०२४ को अन्त्यसम्ममा गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४५ हजार ३९९ पुगेको बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?