Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

गाजामा इजरायली आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु


काठमाडौँ । प्यालेस्टिनी स्रोतकाअनुसार मङ्गलवार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको सिभिल डिफेन्स अथोरिटीका प्रवक्ता महमुद बसालले गाजा शहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताएका छन् ।

इजरायली विमानले उत्तरी गाजा पट्टीको जबलिया अल–नाजलामा एक भेलामा आक्रमण गर्दा थप तीन प्यालेस्टाइनीको मृत्यु भएको छ र अन्य १५ जना घाइते भएका छन् ।

एउटा छुट्टै घटनामा अल–अवदा अस्पतालले मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविर नजिकैको एउटा घरमा इजरायली हवाई आक्रमणपछि एक जनाको शव र दुईजना घाइते भएको जानकारी दिएका छन् ।

मध्य गाजाको देर अल–बालाहमा रहेको अल–अक्सा अस्पतालका प्रवक्ता हुसम अल–डाकरानले अल–बुरेइज शरणार्थी शिविरमा रहेको एउटा घरलाई लक्षित गरी गरिएको हवाई हमलापछि मेडिकल टोलीले चार शव र धेरै घाइतेहरूलाई निकालेको बताएका छन् ।

इजरायली सेनाले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमास नेतृत्वको आक्रमणपछि गाजामा ठूलो मात्रामा कारबाहीहरू गरिरहेका छन् । जसले लगभग १ हजार २ सय इजरायलीहरूलाई मारेका थिए । गाजामा लगभग २५० बन्धकहरूलाई देखेका थिए । गाजास्थित स्वास्थ्य अधिकारीहरूले मङ्गलबार इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४५ हजार ८८५ पुगेको बताएका छन् ।

उनीहरूले इन्धन अभावले अस्पताल, अक्सिजन स्टेशनहरू र अन्य चिकित्सा सुविधाहरूलाई खतरामा पार्ने चेतावनी पनि दिए ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?