Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गाजामा इजरायली आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु


काठमाडौँ । प्यालेस्टिनी स्रोतकाअनुसार मङ्गलवार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको सिभिल डिफेन्स अथोरिटीका प्रवक्ता महमुद बसालले गाजा शहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताएका छन् ।

इजरायली विमानले उत्तरी गाजा पट्टीको जबलिया अल–नाजलामा एक भेलामा आक्रमण गर्दा थप तीन प्यालेस्टाइनीको मृत्यु भएको छ र अन्य १५ जना घाइते भएका छन् ।

एउटा छुट्टै घटनामा अल–अवदा अस्पतालले मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविर नजिकैको एउटा घरमा इजरायली हवाई आक्रमणपछि एक जनाको शव र दुईजना घाइते भएको जानकारी दिएका छन् ।

मध्य गाजाको देर अल–बालाहमा रहेको अल–अक्सा अस्पतालका प्रवक्ता हुसम अल–डाकरानले अल–बुरेइज शरणार्थी शिविरमा रहेको एउटा घरलाई लक्षित गरी गरिएको हवाई हमलापछि मेडिकल टोलीले चार शव र धेरै घाइतेहरूलाई निकालेको बताएका छन् ।

इजरायली सेनाले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमास नेतृत्वको आक्रमणपछि गाजामा ठूलो मात्रामा कारबाहीहरू गरिरहेका छन् । जसले लगभग १ हजार २ सय इजरायलीहरूलाई मारेका थिए । गाजामा लगभग २५० बन्धकहरूलाई देखेका थिए । गाजास्थित स्वास्थ्य अधिकारीहरूले मङ्गलबार इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४५ हजार ८८५ पुगेको बताएका छन् ।

उनीहरूले इन्धन अभावले अस्पताल, अक्सिजन स्टेशनहरू र अन्य चिकित्सा सुविधाहरूलाई खतरामा पार्ने चेतावनी पनि दिए ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?