२२ भदाै, एजेन्सी । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)ले जनाएको छ । ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा
२२ भदाै, एजेन्सी । रूसले चीनलाई थप प्राकृतिक ग्यास आपूर्ति गर्ने विशाल परियोजना ‘पावर अफ साइबेरिया २’ पाइपलाइनका लागि मार्गको आफ्नो पक्षलाई छिट्टै अन्तिम रुप दिने बताएको छ । युक्रेनमा भएको सैन्य आक्रमणले एसियाली क्रेताहरूको पक्षमा युरोपेली बजारबाट टाढा जान बाध्य पारेपछि मस्कोले अर्को वर्ष पाइपलाइन निर्माण सुरु गर्ने योजना बनाएको
२१ भदौ, एजेन्सी । चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अस्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो । चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अस्ट्रेलियाका आफ्ना समकक्षी
२१ भदाै, एजेन्सी । चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जानुहुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री लिउ कोरियाको श्रमिक पार्टी र उत्तर कोरिया सरकारको निमन्त्रणामा सिपिसी र सरकारी
२० ,भाद्र ,कायरो । इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ । उक्त घटनामा अन्य पाँच जना घाइते भएका छन् । उत्तरी कायरोको हदेक अल–कुब्बा जिल्लामा रहेको चारतले भवनमा रहेका मृतक तथा घाइते सबै बासिन्दा एकै परिवारका हुन्
२० भदौ, एजेन्सी । मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो । पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी एक सङ्क्रामक भाइरल रोग हो जसले दूध उत्पादनमा कमी, अस्थायी वा स्थायी रुपमा बाँझपन
२० भदौ, एजेन्सी । सैनिक हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन् । दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उनका छोरा किम एरिसले बताएका हुन् । बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य
२० भदाै, एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उनिमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो । गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी
२० भदाै, काठमाडाैँ । चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् । नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का पाँच सदस्य राष्ट्र मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन् ।
२० भदाै, एजेन्सी । मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पुर्याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा समाचार छापिएपछि भएको हो । युक्रेनको युद्धमा क्युवा संलग्न नभएकाले क्युवाली नागरिकलाई कुनै पनि देशविरुद्ध हतियार प्रयोग गर्न भर्ती वा काममा