Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

कर्णाली


बैतडीका वनमा क्यान्सर निको पार्ने गुण भएको वनस्पति, संरक्षण कार्यक्रम लागु

२६ जेठ, बैतडी । बैतडीका वनमा क्यान्सर जस्तो प्राणघातक रोग निको पार्ने औषधीय गुण भएको लौठसल्ला संरक्षण गरिएको छ। लौठसल्लाको पातबाट क्यान्सर रोग निको पार्ने ‘ट्याक्सोल’ नामको रासायनिक तत्व बन्ने गरेको बताइन्छ। सङ्घ र प्रदेश सरकारको अगुवाइमा लौठसल्ला संरक्षण गर्न जडीबुटीको प्राकृतिक व्यवस्थापन संरक्षण कार्यक्रम लागु भएको छ। डिभिजन वन कार्यालय

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२५ जेष्ठ ,कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति

जीप दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु

२५ जेठ, कालीकोट । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला

जुम्ली किसानलाई मार्सी धान रोपाइँकाे चटाराे

२५ जेठ, जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोपाइँको चटारो छ । किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको गुठिचौर गाउँपालिका स्थानीयवासी राज्यलक्ष्मी देवकोटाले जानकारी दिए । पछिल्लो समय मार्सी धानको चामलले बजार पाउन थालेपछि किसान

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

२५ जेठ, बैतडी । बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन् । यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई

मान्ममा बनाइएका अनाधिकृत संरचना हटाइँदै

२४ जेठ, कालीकोट । कालीकोट सदरमुकाम मान्ममा अनाधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो । खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढङ्गले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा

हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला

२४ जेठ,  मुगु । हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन् । मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारासिंह सार्की, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय वीर बोहोराको शव सोमबार फेला परेको मुगुस्थित जिल्ला प्रहरी कार्यालयका

रुकुममा भेटिएका १२ वटा बम सेनाले गर्यो डिस्फोज

२४ जेठ, रूकुम । रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो । उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको

कर्णाली प्रदेश : नीति कार्यक्रममाथिको छलफल सुरु

२३ जेष्ठ ,सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रम सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । उक्त प्रस्तावमाथि आजदेखि छलफल प्रारम्भ भएको हो ।

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

२३ जेठ, बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चार जिल्ला (बझाङ, बाजुरा, अछाम र डोटी) को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गरे ।

सम्वन्धित समाचारहरु