Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

रुकुममा भेटिएका १२ वटा बम सेनाले गर्यो डिस्फोज


२४ जेठ, रूकुम । रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो ।

उप सेनानी दुर्गा केसीको नेतृत्वमा गएको टोलीले १२ थान बम डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । ११ वटा रेडबुलको बट्टा र एउटा रबरको ग्यालेनमा राखिएको बम डिस्फोज गरिएको हो ।

उहाँका अनुसार, मंगलबार दिउँसो स्थानीयले बम रहेको सूचना प्रहरी चौकी झुल्खेतमा दिएका थिए ।

त्यसलगत्तै घटनास्थलमा प्रहरी पठाइएको र बम नै रहेको ठहर भएपछि डिस्फोजका लागि नेपाली सेनाको टोली बोलाइएको थियो । प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार ती बमहरु केही वर्ष पहिला नै फालिएको हुनसक्ने आँकलन गरिएको छ । बम राखिएको प्लाष्टिकको बोरा नै गलेपछि बमका बट्टाहरु बाहिर निस्किएका थिए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?