Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

मान्ममा बनाइएका अनाधिकृत संरचना हटाइँदै


२४ जेठ, कालीकोट । कालीकोट सदरमुकाम मान्ममा अनाधिकृत रुपमा बनाइएका संरचना हटाइने भएका छन् । खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो । खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढङ्गले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक रुपमा जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित जमिन खाली गराउने निर्णय गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले बताए । “बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन निर्देशन दिइएको छ”, उनले भने, “अनाधिकृत संरचना हटाउन असार ६ गतेसम्मलाई समय दिएको छ, उक्त समयमा नहटाइए नगरपालिका आफँैले हटाउने निर्णय भएको छ ।”

सार्वजनिक जग्गा कहाँ कति मिचिएको छ त्यसको जानकारी दिइने नगर प्रमुख कमलबहादुर शाहीले बताए । “पहिलो चरणमा वडाले अतिक्रमित जग्गा हटाउन सूचना गरिसकेको त्यसपछि सार्वजनिक धारा, शौचालय र अन्य क्षेत्रको अतिक्रमित जग्गा खाली गराइने छ”, उनले भने, “नगरलाई सफा र सुन्दर बनाउन संरचना हटाउन लागिएको छ ।”

सार्वजनिक जग्गा मिच्न नदिनु स्थानीय सरकारको दायित्व भएको र स्थानीय सरकारको अभियानलाई प्रशासनले पूर्णरुपमा साथ दिने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । “नगरपालिकाले निर्णय गरोस्, त्यसलाई कार्यान्वयनमा ल्याउन प्रशासनले साथ दिन तयार छौंँ”, उनले भने, “अवैध संरचना बनाउनु गैरकानुनी काम हो ।”


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?